Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रचण्डलाई श्रद्धाञ्जली दिने डिएसपी पन्त बढुवाको सूचिमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई हार्दिक श्रद्धाञ्जली लेख्ने डिएसपी गंगा पन्त बढुवाको सूचिमा परेकी छिन् । बढुवाका आकांक्षी ४८ जना डिएसपी भएपनि एसपीको पद २८ मात्र खाली भएको हुँदा सबैको बढुवा हुन नसकेको हो । बढुवा सूचीमा एक नम्बरमा परेका अच्युत पुडासैनी कर्मचारी प्रशासन शाखामा बसेर राम्रो काम गरेर छानिएका हुन् । प्रधानमन्त्री केपी ओलीका बडिगार्ड डिएसपी सानुराम भट्टराई सक्षम भएरै चार नम्बरमा आएका हुन् । महाराजगञ्ज प्रहरी बृतमा रहँदा भट्टराईले मिर्गौला तस्करीको गिरोहलाई कानूनी कठघरामा ल्याउन सफल भएका थिए । कैलालीमा डिएसपी छँदा पनि राम्रो काम गरेर भट्टराईले उत्कृष्ट पुरस्कार पाएका थिए । वरीयता क्रममा एसपीको बढुवा सूचीमा रहेकी गंगा पन्त १५, वसन्त रजौरे २६, सोमेन्द्रसिंह राठौर ९, प्रवीण पोखरेल २३ र भूपेन्द्रबहादुर खत्री १४, नम्बरमा परेका छन् । हालको बढुवा समितिले दिन मिल्ने ७.५ नम्बर थियो । राठौर, पन्त, पोखरेललगायतलाई उच्च अंक दिंदा पनि उनीहरूपछि परेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । यीमध्ये हाल चर्चा ल्याइएकी डिएसपी पन्तले ज्युँदै रहेका तत्कालीन माओवादीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रकरणमा फेसबुकमा ‘रिप’ भनेर कमेन्ट लेखेपछि उनलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो । कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि महाअभियोगका पक्षमा अमित सिहं कार्कीले फेसबुकमा लेखेको स्टाटसमा गंगाले प्रचण्ड र देउवालाई श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् । पर्वतमा डिएसपी छँदा क्रसर र रोडा ढुंगाको घोटलामा डिएसपी पन्तविरुद्ध प्रहरीले छानविन समिति नै बनाएर कारबाही स्वरुप सचेत गराएको थियो ।
-दैनिक नेपाल डटकमबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending