Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मन्त्री बीनाले गरिन प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास

ककनी । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ । नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहेका प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरेको शिलान्यासको आज एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गरेकी हुन् । सो अवसरमा बोल्नु हुँदै मन्त्री मगरले सगरमाथा आरोही तथा सहयोगीहरुले कष्टकर जीवन बिताउनु परेको बताउँदै राज्यले आरोहीहरुको सम्मान र भरण पोषणका लागि विशेष कार्ययोजना ल्याउनुपर्नेम जोड दिए । “प्रकाशजीले समेत बारम्बार आरोहीहरुको जीवनलाई सम्मानजनक कसरी बनाउने भनेर चिन्ता व्यक्त हुन्थ्यो, सकेको पहल पनि गरे ।” मन्त्री मगरले भने “तर अहिले पनि आरोही र शेर्पाहरुलाई जीवन निर्वाहको समस्या रहेको छ । नेपालमा हिमाल र हिमश्रृंखला भनेर हामीले गर्व गर्छौं, आरोहीहरुको सम्मान गर्न सके मात्रै हिमाल र हिमश्रृंखलाको पनि सम्मान हुन्छ ।” मन्त्री मगरले आरोही र सहयोगी शेर्पाहरुको न्यायोचित सम्मानका लागि पहल गर्ने प्रतिबद्धता समेत उक्त अवसरमा व्यक्त गरे । आफू स्वयमपनि सगरमाथा आरोही रहेकोले सबै आरोहीहरुसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै मन्त्री मगरले नेपालमा पर्यटन क्षेत्रको मुख्य कडीका रुपमा रहेको आरोहणका विषयमा राज्यले गम्भीरता देखाउन समेत जोड दिए । उनले भने “हिमश्रृंखला र त्यससँग सम्बन्धित मानवीय जनशक्तिको सही सदुपोग र सम्मान गर्न सकिए यो क्षेत्र राष्ट्रिय आयको प्रमुख क्षेत्र बन्न सक्छ । पर्यटन मन्त्रालय, नेपाल सरकार र अन्य सबैले आर्थिक समृद्धिमा पर्यटनक्षेत्रको महत्वबारे गम्भीर भएर सोच्नु जरुरी छ ।” पछिल्ला दिनहरुमा जलवायु परिवर्तनको सोझो सम्बन्ध हिमश्रृंखला र आरोहणमा परेको उल्लेख गर्दै मन्त्री मगरले जलवाय परिवर्तनका कारण ग्लेशियरहरु पग्लिनेदेखि अन्य देखिएको चुनौतीलाई सामना गर्न हिमाल केन्द्रीत विशेष कार्ययोजनाको निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । हिमाल क्षेत्रमा सरसफाई, हिमालसँग जीविकाका माध्यमले जोडिएका समुदाय र जलवायुका कारण उत्पन्न चुनौतीलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । सोहीअवसरमापार्कमा बृक्षारोपण समेत गरिएको थियो । \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending