Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यस्तो छ मन्त्रीपरिषद् निर्णय

काठमाडाैं । सरकारले विद्यालय भर्ना अभियान दोस्रो पटक सुरु गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गएको वैशाखमा सञ्चालन गरिएको विद्यालय भर्ना अभियानबाट पनि विद्यालयमा आउन नसकेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन भर्ना अभियान शुरु गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । विद्यालय आउन नसकेका ३ लाख १३ हजार विद्यार्थी मध्ये पहिलो चरणको अभियानमा २ लाख ५४ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका छन्। भने अझै ५९ हजार विद्यार्थी विद्यालय बाहिर रहेका छन् । जसमध्ये सबैभन्दा बढी २ नम्बर प्रदेशमा रहेकाले दोस्रो चरणको भर्ना अभियान सरकारले सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिए । ‘गएको वैशाखमा शुरु गरिएको विद्यालय भर्ना अभियान बाट अहिलेसम्म अभियान पछि ५९ हजार बालबालिका विद्यालय बाहिर रहेको पाइयो, ’ उनले भने, ‘जसमध्ये प्रदेश २ मा सबैभन्दा बढी बालबालिका विद्यालय भर्ना अभियानबाट पनि विद्यालय आउन सकेनन् । त्यसकारण दोस्रो चरणको विद्यालय भर्ना अभियान शुरु गरी छुटेका विद्यार्थीलाई विद्यालय ल्याउने निर्णय गरेका छौँ ।’ यसैगरी बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ वा २१ र २२ गते नेपालमा आयोजना गर्न यसका सम्बन्धित सदस्य राष्ट्रहरूलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिमस्टेक सम्मेलनका लागि आवश्यक उपसमिति समेत बनाएको छ । काठमाडाैं–तराई द्रुतमार्ग आयोजना सञ्चालन कार्यविधि २०७५ लाई मन्त्रिपरिषद्ले पारित गर्दै यसलाई छिटो सम्पन्न गर्नका निम्ति विभिन्न निर्देशक समितिलाई बढी भन्दा बढी कामको अनुगमन गर्न निर्देशन दिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा कार्यालय, अध्यागमन कार्यालय, तथा कारागार कार्यालयको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । बैठकले प्रशासकीय अदालत सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसद मा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै कृषि, जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धि विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending