Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रदेश २ को दृश्यः राजपाले समर्थन फिर्ता लिने, तरपनि राउत सरकार नढल्ने

काठमाडौं । हिजोबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । केहि दिनअघि नेपाल कम्युनिष्ट पार्टी (ने क पा)सँग दुई बुँदे सहमति गरेपछि फोरम सरकारमा सहभागी भएको हो । फोरम संघीय सरकारमा सहभागी भएपछि प्रदेश २ को सरकारबारे प्रश्न उठेको छ । के अब प्रदेशको २ मा फोरमलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको समर्थन फिर्ता लिन्छ ? कि प्रदेश २ को सरकार ढल्छ ? संविधानको धारा १८८ अनुसार राजपाले समर्थन फिर्ता लिएपनि प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भने तत्काल ढल्दैन । तर मुख्यमन्त्री राउतले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा सरकार भने ढल्छ । फोरमले नेकपासँग २ बुँदे गरेकै दिन खबरडबलीले प्रदेश २ मा नेकपा र फोरमको सरकार गठन तयारी, मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा भन्ने समाचार प्रकाशित गरेको थियो । ताकि जेठ १३ गते मात्रै प्रदेश २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र जेठ १४ गते उपेन्द्र यादवले सरकारमा सहभागी हुन २ बुँदे सहमति गरेपछिको दृष्य छर्लङ्गै जस्तै थियो । हिजो मात्रै फोरम सरकारमा सहभागी भएपछि हामीले राजपाका नेता तथा प्रदेश २ का सांसद मनिष सुमनलाई सोधेका थियौं– तपाइँहरुको सत्तासहयात्री फोरम सरकारमा सहभागी भयो अब प्रदेश २ मा राजपाले के गर्छ ? मनिषले जवाफ यसरी दिए–‘मधेसको मुद्धालाई फोरमले मनोरञ्जनको रुपमा लिएको रहेछ । त्यो धेरै दिन टिक्दैन् । राजपालाई बाइपास गरेर संघीय सरकारमा सहभागी हुनुले मधेसको मुद्धालाई खल्लि उडाएको छ । अब हामीले पनि सोच्ने बेला आएको छ । प्रदेश २ मा फोरमबाट बनेका मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिन पनि सक्छौं ।’ प्रदेश २ को हिसाब किताब बहुमतका लागि ५४ सिट चाहिने फोरमलाई प्रदेश २ मा ५६ प्रदेश सांसदको समर्थन छ । यदि राजपाले पनि सरकारको समर्थन फिर्ता लिएमा राउतको समर्थनमा ३१ सांसद बाँकि रहन्छ । राउत नेतृत्वको सरकार जोगाउन नेकपाले समर्थन गर्नुपर्छ । प्रदेशमा २ मा तत्कालिन एमाले र माओवादी एकताभन्दा अघि उपेन्द्र यादव नेतृत्वको फोरम सबैभन्दा ठूलो दल थियो । एकतापछि नेकपा सबैभन्दा ठूलो दल बनेको छ । नेकपाको ३२ जना सांसद रहेका छन् । त्यसपछि उपेन्द्रकै फोरमको २९ सांसद् छन् । फोरम दोस्रो ठूलो दल हो । २५ सांसद रहेको राजपा तेस्रो ठूलो दल हो । नेपाली कांग्रेसका १९ सांसद भएकाले चौथो दल हो । प्रदेश २ मा २ जना स्वतन्त्र सांसद छन् । र, यो पनि प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending