Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

प्रदेश २ को दृश्यः राजपाले समर्थन फिर्ता लिने, तरपनि राउत सरकार नढल्ने

काठमाडौं । हिजोबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । केहि दिनअघि नेपाल कम्युनिष्ट पार्टी (ने क पा)सँग दुई बुँदे सहमति गरेपछि फोरम सरकारमा सहभागी भएको हो । फोरम संघीय सरकारमा सहभागी भएपछि प्रदेश २ को सरकारबारे प्रश्न उठेको छ । के अब प्रदेशको २ मा फोरमलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको समर्थन फिर्ता लिन्छ ? कि प्रदेश २ को सरकार ढल्छ ? संविधानको धारा १८८ अनुसार राजपाले समर्थन फिर्ता लिएपनि प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भने तत्काल ढल्दैन । तर मुख्यमन्त्री राउतले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा सरकार भने ढल्छ । फोरमले नेकपासँग २ बुँदे गरेकै दिन खबरडबलीले प्रदेश २ मा नेकपा र फोरमको सरकार गठन तयारी, मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा भन्ने समाचार प्रकाशित गरेको थियो । ताकि जेठ १३ गते मात्रै प्रदेश २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र जेठ १४ गते उपेन्द्र यादवले सरकारमा सहभागी हुन २ बुँदे सहमति गरेपछिको दृष्य छर्लङ्गै जस्तै थियो । हिजो मात्रै फोरम सरकारमा सहभागी भएपछि हामीले राजपाका नेता तथा प्रदेश २ का सांसद मनिष सुमनलाई सोधेका थियौं– तपाइँहरुको सत्तासहयात्री फोरम सरकारमा सहभागी भयो अब प्रदेश २ मा राजपाले के गर्छ ? मनिषले जवाफ यसरी दिए–‘मधेसको मुद्धालाई फोरमले मनोरञ्जनको रुपमा लिएको रहेछ । त्यो धेरै दिन टिक्दैन् । राजपालाई बाइपास गरेर संघीय सरकारमा सहभागी हुनुले मधेसको मुद्धालाई खल्लि उडाएको छ । अब हामीले पनि सोच्ने बेला आएको छ । प्रदेश २ मा फोरमबाट बनेका मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिन पनि सक्छौं ।’ प्रदेश २ को हिसाब किताब बहुमतका लागि ५४ सिट चाहिने फोरमलाई प्रदेश २ मा ५६ प्रदेश सांसदको समर्थन छ । यदि राजपाले पनि सरकारको समर्थन फिर्ता लिएमा राउतको समर्थनमा ३१ सांसद बाँकि रहन्छ । राउत नेतृत्वको सरकार जोगाउन नेकपाले समर्थन गर्नुपर्छ । प्रदेशमा २ मा तत्कालिन एमाले र माओवादी एकताभन्दा अघि उपेन्द्र यादव नेतृत्वको फोरम सबैभन्दा ठूलो दल थियो । एकतापछि नेकपा सबैभन्दा ठूलो दल बनेको छ । नेकपाको ३२ जना सांसद रहेका छन् । त्यसपछि उपेन्द्रकै फोरमको २९ सांसद् छन् । फोरम दोस्रो ठूलो दल हो । २५ सांसद रहेको राजपा तेस्रो ठूलो दल हो । नेपाली कांग्रेसका १९ सांसद भएकाले चौथो दल हो । प्रदेश २ मा २ जना स्वतन्त्र सांसद छन् । र, यो पनि प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending