Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कर्णसँग अन्तरवार्ताः फोरम संघीय सरकारमा जानु उपयुक्त थिएन

संघीय समाजवादी फोरमको संघीय सरकारमा सत्तारोहणलाई कसरी विश्लेषण गर्नुहुन्छ ? संविधान संशोधन मधेसको मुख्य एजेन्डा हो । त्यो एजेन्डा पूरा गर्न राजपा र फोरमलाई जनताले निर्वाचनमार्फत म्यान्डेट दिएका हुन् । त्यो एजेन्डामा प्रतिबद्ध हुनु दलहरूको दायित्व हो । सत्ताका लागि दुवै दललाई जनताको म्यान्डेट थिएन । उनीहरूको म्यान्डेट भनेको संविधान संशोधन र अधिकार प्राप्तिका लागि संघर्ष नै हो । तर, फोरमले संघीय सरकारमा सामेल हुन पहिले नै निर्णय गरेको थियो नि ? अाजको नयाँ पत्रिकामा छापिएको छ-हो, फोरमले आधिकारिक रूपमा निर्णय गरेर भनेको थियो कि सरकारमा सहभागी हुने । नेकपासँग अहिले सहमति भए पनि निर्णय पहिला नै भएकाले यो फोरमको नयाँ कदम होइन । त्यसरी हेर्न पनि हुँदैन । पहिला एमाले र माओवादीसँग औपचारिक रूपमा संविधान संशोधनको विषयमा सहमति जुटेको थिएन । सहमति जुटेको भए एमाले र माओवादीका अन्य नेताहरूसँगै सरकारमा जाने तयारी थियो । कतिपयले अब प्रदेश २ मा समीकरणमाथि प्रश्न उठाएका छन् नि ? यो प्रश्न राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । तर, मलाई लाग्छ तत्काल प्रदेश २ को सरकार परितर्वन हुँदैन । र, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार परितर्वनको कुनै संकेत पनि गर्नुभएको छैन । त्यसकारण, अहिले नै केही भन्न सकिँदैन सरकार परिवर्तनका बारेमा । फोरमले संघीय सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रदेश २ मा सरकार बनेको हो । निर्वाचनमै निर्वाचन क्षेत्र भागवन्डा गरेका कारण त्यो निर्वाचनको मताधिकारको सम्मानको कुरा पनि हुन्छ । भनेपछि सहमतिमै फोरम संघीय सरकारमा सहभागी भएको हो ? होइन, राजपालाई फोरम संघीय सरकारमा जान्छ भन्ने जानकारी थियो । र, त्यसैअनुसार पहिले सहमति भएका थिए । तर, अहिले राजपाले प्रदेश २ मा सरकार छोड्छ होला भन्ने लाग्दैन । राजपाले समर्थन फिर्ता नलिएसम्म प्रदेश २ को सरकार ढल्ने अवस्था छैन । राजपा र फोरमबीच तत्कालको मतभिन्नताले सरकार परिवर्तन हुँदैन । फोरमले संविधान संशोधनमा सहमति गरेर सरकारमा गएको छ, संविधान संशोधन हुने सम्भावना छ? संविधान संशोधनको मुद्दा निकै जटिल छ । प्रधानमन्त्री केपी ओली विगतमा संविधान संशोधन गर्न नहुने पक्षमा थिए । त्यसकारण, मलाई त्यति धेरै विश्वास छैन । संशोधन भइदियो भने त गज्जब हुन्छ । तर, तत्काल सम्भव देखेको छैन । मधेसी, जनजातिका माग संसद्बाट परिवर्तन हुन्छ होला भन्ने मलाई विश्वास छैन । भोलिका दिनमा राजपा पनि कुनै रूपमा सरकारमा जाने सम्भावना छ ? राजपाका नेताहरूले संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताइरहेका छन् । अहिलैकै अवस्थामा पनि सरकारमा जाने सम्भावना त कसरी हुन्छ र ? उसले संविधान संशोधनको कुरा गरेको छ । त्यसपछि रेशम चौधरीको कुरा पनि निकालेको छ । चौधरीलाई शपथ ग्रहण गराउनुपर्ने राजपाको माग सम्बोधन भएको छैन । बालकृष्ण ढुंगेललाई आममाफी दिएर निकालियो, तर चौधरीको कुरा अगाडि बढेन । तर, महन्थ ठाकुरलाई सभामुख बनाउने हल्ला पनि छ नि ? नेकपाले महन्थ ठाकुरलाई किन सभामुख दिन्छ ? यो नै मुख्य प्रश्न हो । ठाकुर केही हुन्छन् भन्ने लाग्दैन । ठाकुरजीले मलाई भन्नुभएको थियो कि जुन दिन कांग्रेसलाई छाडेर आएँ, त्यही दिनदेखि पद छाडेर आएको हुँ । त्यसकारण ठाकुरजी सजिलै मानेर जानुहोला भन्ने लाग्दैन । र, नेकपाले दिन्छजस्तो पनि लाग्दैन । भनेपछि तपाईंको बुझाइमा फोरमको अहिलेको सत्तारोहण ठीक थिएन ? संघीय समाजवादी फोरम मधेसका लागि भए पनि अहिले सरकारमा जानु उपयुक्त थिएन । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending