Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ओली र प्रचण्डले एसियाका कम्युनिस्ट पार्टीका नेताहरु माझ यसरी कार्यपत्र प्रस्तुत गर्दैछन्

काठमाडौं । कम्युनिष्ट नेताहरुको विश्व सम्मेलन कामठमाडौंमा हुने भएको छ । महान दार्शनिक कार्ल माक्र्सको २०० जन्मजयन्तीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् । कार्ल माक्र्स द्धिशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् । सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् । सत्तारुढ कम्युनिस्ट पार्टीले नै सम्मेलनका आयोजक रहेको सम्मेलनमा एसियाका सबै सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सहभागी हुँदैछन् । एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लावसमा कम्युनिस्ट शासन छ । पछिल्लो पटक नेपालमा कम्युनिस्ट पार्टीको करीव २ तिहाई शक्ति सहितको शासन सन्चालन भइरहेको छ । कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारीप्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको माक्र्सवाद र समाजवादका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आआफ्नो देशका अनुभव आदान प्रदान गर्नेछन् । नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भए लगत्तै अन्तर्राष्ट्रिय सम्मेलन हुँदा एकताको सन्देश विश्वभर फैलिने पूर्व प्रधानमन्त्री नेपालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending