Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

'ट्रम्प-किम शिखर वार्ताको तयारीमा'

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन सक्ने शिखर वार्ताका विषयमा छलफल गर्न अमेरिकी अधिकारीहरूको एउटा टोली उत्तर कोरिया पुगेको छ । दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयमा केन्द्रित रहेको ठानिएको छ । दुई कोरियाको सीमापारिको असैनिकीकृत क्षेत्रमा द्वीपक्षीय वार्ता सोमवार पनि जारी रहने जानकारी बीबीसीलाई प्राप्त भएको छ । उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरूको टोली राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच हुने सम्भाव्य शिखर वार्ताको तयारीमा जुटेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र पान्मुन्जोम पारि रहेको उत्तर कोरियाली भूभागमा दुई पक्षबीच छलफल भएको छ । अमेरिकी टोलीको नेतृत्व दक्षिण कोरियाको लागि पूर्वअमेरिकी राजदूत सुङ किमले गरिरहेका छन् । उत्तर कोरियाली टोलीको नेतृत्व उप विदेशमन्त्री चोए सोन हुइले गरेका छन् । शिखर वार्तामा उत्तर कोरियाली परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयले प्रमुखता पाउने अपेक्षा गरिएको छ । दुवै पक्षले अहिले त्यही मुद्दाका अन्तरवस्तुका विषयमा छलफल गरिरहेको ठानिएको छ । राष्ट्रपति ट्रम्प र किमबीच जुन महिनामा सिंगापुरमा वार्ता हुने तयारी चलेको थियो । तर गतसाता ट्रम्पले त्यसलाई रद्द गरिदिए । अहिले चाहिँ दुवै पक्ष फेरि वार्ताको तयारीमा जुटिरहेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending