Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

हपहपी बढ्यो गर्मीः काठमाडौंलगायत पश्चिम तराईमा अझै बढ्ने

काठमाडाैं । मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ। अाजको नेपाल समाचारपत्रमा खबर छ-शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। एक दिनको अन्तरमा त्यहाँको तापक्रम ३ डिग्री बढेको छ। शनिबार सो क्षेत्रको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस रहेको महाशाखाको तथ्यांक छ। अघिल्लो वर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा नेपालगन्जको तापक्रम ४१ दशमलव २ डिग्री थियो। यसअघि पश्चिम तराईमा जेठ ८ गते सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, सो दिन धनगढीको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो। त्यसैगरी गत वैशाख २५ गते नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखको तथ्यांक छ। शनिबार धनगढीको तापक्रम ४१ दशमलव २ मापन भएको छ भने दीपायलको ३९, दाङको ३७ दशमलव ४, भैरहवाको ३६ दशमलव ३ र सिमराको ३५ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ। पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको मौसमविद् शान्ति कँडेलले बताए। ‘पूर्वी भेगमा हल्का वर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ।’ –उनले भने । काठमाडौंमा पनि शनिबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। शनिबार उपत्यकाको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। शुक्रबार उपत्यकाको तापक्रम ३१ डिग्री थियो भने गत वैशाख १० गते ३० दशमलव २ र गत जेठ ८ गतेको तापक्रम ३० डिग्री थियो। गतवर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री मापन भएको महाशाखाले जनाएको छ। मनसुन शुरू नभएसम्म उपत्यकामा गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद् समीर श्रेष्ठले बताए । ‘अहिले गर्मी ठिकै रहेको पूर्वी तराईको तापक्रम पनि केही दिनपछि बढ्न सक्छ। मनसुन शुरू नभएसम्म धेरै ठाउँको तापक्रम बढ्ने गर्छ’ –उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending