Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मन्त्रीकै गाडी ट्राफिक नियम मिच्दै हुँइकिएपछि...

काठमाडौं । कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ । एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो । सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो । त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहारसमेत गरे । अाजको नागरिकमा खबर छ-एकतर्फी सडकमा मन्त्रीसहितको गाडी गुडेको र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुव्र्यवहार गरेको जानकारी ती गाडीधनीले ट्राफिक प्रहरीलाई गराए । तर ट्राफिक प्रहरीले सडक नियमविपरीत गुडेको मन्त्रीको गाडीलाई कानुनअनुसार नियन्त्रणमा लिनुको साटो उल्टै तिनै उजुरी गर्ने चालकलाई हकारे । नियमसंगत गाडी चलाइरहेका चालकले (गाडीधनी) ले मन्त्रीका सुरक्षाकर्मीको अभद्र व्यवहारबाट आफू अन्यायमा परेको भन्दै ट्राफिक प्रहरीलाई खबर गरेपछि निकैबेर तनाव उत्पन्न भएको थियो। त्यसपछि समस्या समाधानका लागि महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले फोनसमेत गर्नुपरेको थियो। नियमसंगत गाडी चलाएका ती गाडीधनीले जावलाखेलस्थित ट्राफिक प्रहरी कार्यालयमा आफू अन्याय परेको भन्दै मौखिक उजुरी गरेका थिए। ट्राफिक नियम मिचेर चलेको मन्त्रीको गाडी र दुव्र्यव्यवहार गर्ने सुरक्षाकर्मी चढेको गाडी नम्बर यातायाता व्यवस्था विभागबाट हेरी कारबाही गर्ने आश्वासन उनलाई दिएको छ। ट्राफिक प्रहरीले भने सामान्य विवाद भएको र दुवै पक्षलाई मिलाएर पठाएको जनाएको छ। प्रधानमन्त्री, मन्त्री तथा संवैधानिक निकायका प्रमुख र सुरक्षा अंगका प्रमुख सवार गाडीको अगुवा र पछुवा सुरक्षाकर्मीले सडकमा रातो बत्ती भएको छडी देखाउँदै सर्वसाधारणलाई अनावश्यक गालीगलौव गर्दा उनीहरूप्रति वितृष्णसमेत पैदा हुन थालेको छ। साधारणतया राजधानीका सडकलाई सुरक्षा निकायले ‘थ्रेट’ नभएको विष्लेषण गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending