Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अचानक भेटे उत्तर कोरियाका किम जोङ र दक्षिण कोरियाका मून जे इन

उत्तर कोरिया तथा दक्षिण कोरियाका नेताहरूले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन्। उत्तर कोरियाका नेता किम जोङ-अनसँग हुने भनेर पनि स्थगन गरिएको शिखरवार्ता अन्ततः हुन सक्ने अमेरिकी राष्ट्रपतिले जनाएको भोलिपल्टै दुई कोरियाका नेताबीच सो बैठक भएको हो। दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको छ। यसअघि कोरियाली प्रायद्वीपमा अमेरिका तथा दक्षिण कोरियाले हालै गरेको संयुक्त सैन्य अभ्यासप्रति प्योङयाङले विरोध जनाएको थियो। दुई कोरियाबीच भएको बैठकले उत्तर कोरिया अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेकोतर्फ संकेत गर्ने सोलस्थित बीबीसी सम्वाददाता बताउँछिन्। साथै उक्त वार्ता, दुई कोरियाले सहकार्य गर्नका लागि गरेको प्रयासको एउटा संकेत भएको पनि उनी बताउँछिन्। दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन र उत्तर कोरियाका नेता किमबीचको भेट पान्मुनजोममा दुई घण्टाजति चलेको थियो। प्राविधिक रुपमा युद्धकै स्थितिमा रहेका दुई कोरियाबीच यसअघि भएको पहिलो ऐतिहासिक बैठकले उनीहरूबीचको सम्बन्धमा सुधार आइरहेको स्पष्ट संकेत दिएको थियो। उक्त बैठकले अर्को महिना सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अनबीच हुने भनिएको शिखरवार्ताका लागि बाटो खोलेको थियो। ट्म्पले उनी र किमबीच हुने भनिएको सो शिखरवार्ता रद्द गरिएको जनाएका थिए तर त्यसको भोलिपल्टै शिखरवार्ता हुनसक्ने संकेत दिएका छन्।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending