Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नेकपा संसदीय दलमा कार्यविभाजन: सुवास नेम्वाङ उपनेता, देव गुरुङ प्रमुख सचेतक

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो । नेम्वाङ प्रतिनिधिसभामा उपनेता, शर्मा राष्ट्रिय सभाका नेता ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् । नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए । संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे । ‘एउटै पार्टीका अध्यक्षबीच नियमित छलफल–संवाद हुने कुरा नौलो भएन, राजनीतिक विषयमा कुराकानी भएको हो, तर सहमतिबारे जानकारी छैन,’ अधिकारीले भने । गुरुङ प्रमुख सचेतक, चौधरी सचेतक त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् । गुरुङ तत्कालीन माओवादी दलका प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् । तत्कालीन एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए । त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने एक केन्द्रीय सचिवालय सदस्यले बताए । यसअघि राष्ट्रिय सभामा तत्कालीन एमालेका तर्फबाट संसदीय दलको नेता बनाउने भनिएका सांसद पर्शु मेघी गुरुङ तथा प्रमुख सचेतक बनाउने तयारी गरिएका सांसद खिमलाल भट्टराईलाई संसदीय समितिको सभापति बनाइने स्रोतले जनायो । संसदीय दलको विधान बन्दै नेकपाले पार्टी संसदीय दलको नयाँ विधान बनाइरहेको छ । पार्टी एकीकरणपछि तत्कालीन एमाले र माओवादी केन्द्रको पुरानो विधान मिलाएर छुट्टै नयाँ विधान बनाउने तयारी अघि बढेको हो । ८ जेठमा बसेको नेकपाको संसदीय दलको बैठकले भीमबहादुर रावल संयोजक रहेको ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । ‘विधानको प्रारूप तयार भएको छ, दुई–तीन दिनभित्रै कार्यदलले अन्तिम रूप दिनेछ,’ समितिका सदस्य कृष्णभक्त पोखरेलले बताए । पोखरेल र बिडारीले विधानको प्रारूप तयार पारेका हुन् । नियमावली बन्दै नेकपाले पार्टी सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको हो । मस्यौदा समितमा पौडेलसहित देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य छन् । ‘नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको छ, कार्यदलमा छलफल गरेर छिटै अन्तिम रूप दिन्छौँ,’ नेता भुसालले भने । कार्यदलको बैठकले भुसाल र देवकोटालाई प्रारम्भिक मस्यौदा गर्ने जिम्मेवारी दिएको थियो । भुसालले प्रारम्भिक मस्यौदा अध्ययनका लागि सबै सदस्यलाई बाँडिएको बताए । कार्यविभाजनमा सन्तुलन प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा. शिवमाया तुम्बाहम्फे छिन् । त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending