Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक सुनील शाक्य पर्यटन विज्ञ समूहमा छानिए

काठमाडाैं । फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएका छन् । विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट प्रालिका सञ्चालक सुनील शाक्यलाई विज्ञसमूहमा राखेपछि आलोचना भएको हो । झन्डै एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहेको विज्ञसमूहको २९ सदस्यीय समूहमा शाक्यलाई २८औँ नम्बरमा मनोनयन गरिएको हो । राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले मन्त्री आफँै अध्यक्ष रहेको समितिमा ताल अतिक्रमण गरेर विवादित बनेका व्यक्तिलाई मनोनयन गरिनु सर्वोच्च अदालतको आदेशकै अपमान भएको बताए । पछिल्लोपटक सर्वोच्च अदालतले शाक्यले सञ्चालन गरेको पोखराको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले तालको अतिक्रमण गरेको विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्न नापी विभागलगायतका निकायलाई आदेश नै दिएको छ । यो विवादको किनारा नलाग्दै विवादित व्यक्तिलाई विज्ञसमूहमा राखिएकोमा दलकै नेताहरूले विरोध गरेका हुन् । अतिक्रमण बढ्ने चिन्ता राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष पौडेलले अतिक्रमण गरेका व्यक्तिलाई राजनीतिक संरक्षण हुँदा आगामी दिनमा झनै अतिक्रमण हुने दाबी गरे । ‘अतिक्रमण गरेका व्यक्तिलाई मन्त्रीले नै पुरस्कृत गर्ने हो भने कसरी संरक्षण सम्भव छ,’ प्रश्न गर्दै उनले भने, ‘निर्णय समयमै नसच्याउने हो भने, पोखरावासीले अतिक्रमणकारीको अतिक्रमण भोलिको दिनमा झनै बेहोर्नुपर्ने हुन सक्छ ।’ दलका नेता असन्तुष्ट फेवा अतिक्रमण गरेर होटल सञ्चालन गरेका शाक्यलाई मनोनयन गरेकामा नेकपाका नेताहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद एवं साबिकको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले शाक्यलाई मनोनयन गरिएकामा असन्तुष्टि व्यक्त गरे । पार्टीको तर्फबाट निर्वाचित बनेकाहरूले पार्टीसँग कुनै सल्लाह नगर्ने र आफ्नै ढंगले चल्दा पार्टीको समेत साख गिराएको उनको गुनासो छ । ‘पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रतिनिधि र संघीय सरकारका मन्त्री कसैले पनि पार्टीसँग सल्लाह गर्ने र संस्थागत ढंगले चल्ने काम भएको छैन,’ उनले भने, ‘उहाँहरूले व्यक्तिगत रूपले गरेका गलत कामको भने पार्टीले अपजस खेप्नुपरेको सत्य हो ।’ साबिक माओवादी केन्द्रका नेता एवं फेवाताल मापदण्ड कायम गराउन गठित अध्ययन समितिका संयोजक विश्वप्रकाश लामिछानेले शाक्यको नियुक्ति गलत रहेको बताए । उनले सर्वोच्च अदालतले आदेश दिइसकेको र सबै अतिक्रमणकारीको नाम र विवरण नै सार्वजनिक भइसकेको अवस्थामा अतिक्रमणकारीलाई संरक्षण पुग्ने ढंगले नियुक्त गरिनुले मापदण्ड कायम हुनेमा शंका पैदा भएको बताए । ‘अराजक राजनीतिक अतिक्रमण’ फेवातालको अतिक्रमण हटाउनका लागि मुद्दा दायर गरेका अधिवक्ता खगेन्द्र सुवेदीले तालको जग्गा अतिक्रमण गरेकालाई नै विज्ञसमूहमा मनोनयन गर्नु फेवातालमाथिको अराजक राजनीतिक अतिक्रमण भएको आरोप लगाए । तत्कालीन राजनीतिक परिवर्तनका वेला ०४६ पछि तालकिनार हल्लन चोकदेखि पामे जाने सडक निर्माण नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको अधिवक्ता सुवेदीले बताए । के छ शाक्यको बदमासी ? फेवातालको ६५ मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । शाक्यले पहिले फेवाताल किनारको १० मिटरभित्रै होटल संरचनाको जग बनाएका थिए । ०६५ सालमा उपत्यका नगर विकास समितिले सो संरचना भत्काएको थियो । ०६५ सालमा भत्काएको ठाउँमै अहिले होटलको संरचना बनाएका छन् । होटलको अर्को मुल संरचनाको झन्डै आधा भाग ताल मापदण्डभित्र परेको र सोसम्बन्धी मुद्दा परेर सर्वोच्चको आदेशअनुसार अध्ययन भइरहेको छ । संस्थागत प्रतिनिधित्व हो : मन्त्रालय मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले विज्ञसमूहका लागि दुई सयको सूची तयार पारेको त्यसमध्येबाट सुनील शाक्यको नाम मन्त्रीबाट अनुमोदन भएको बताए । प्रवक्ता उपाध्यायले शाक्यको संस्थागत प्रतिनिधित्व भएको बताए । बृहत्तर पर्यटन हितका लागि हो । ताल अतिक्रमण गरेको भए स्थानीय सरकारले नै डोजर चलाउने अधिकार रहेको उनले बताए । यसरी गरे शाक्यले अतिक्रमण फेवातालको ६५ मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । सुनील शाक्यले ०६४ मा फेवाताल किनारको १० मिटरभित्रै संरचनाको जग बनाएका थिए । ०६५ मा उपत्यका नगर विकास समितिले सो संरचना भत्काएको थियो । ०६५ मा भत्काएको ठाउँमै अहिले होटेलको संरचना बनाएका छन् । होटेलको अर्को मूल संरचनाको झन्डै आधा भाग ताल मापदण्डभित्र परेको र त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्चको आदेशअनुसार अध्ययन भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending