Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

दाङमा झाडापखाला फैलँदा एकै दिन ४ सय बढी बिरामी

दाङ । शान्तिनगर गाउँपालिकाको वडा नं. ३ र ४ मा झाडापखाला फैलँदा शनिबार ४ सयभन्दा बढी बिरामी भएका छन् । एक्कासि बिरामीहरूको चाप बढेपछि उपचारमा समस्या भएको शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले बताए । राति अबेरसम्म पनि बिरामी आउने क्रम जारी रहेको र बिरामीहरूको संख्या बढ्न सक्ने उनले जानकारी दिए । अाजको कान्तिपुरमा खबर छ-अधिकांशको स्वास्थ्यचौकीमा उपचार भइरहेको र गम्भीर ४० जनालाई तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा रिफर गरिएको पुनले बताए । शनिबार बिहानदेखि सुरु भएको बिरामीको चाप रातिसम्म बढेपछि उपचारमा अन्य स्वास्थ्यचौकीहरूको पनि सहयोग लिइएको छ । उपचारमा शान्तिनगर स्वास्थ्यचौकी प्रमुख पुन, उपप्रमुख घनश्याम पाण्डेका साथै धनौरी स्वास्थ्यचौकी प्रमुख हरिशकुमार डाँगीलगायत १० जनाको टोली गाउँमै खटिएको छ । विद्युतको समस्या हुँदा राति गाउँमा उपचार गर्न कठिनाइ भइरहेको प्रमुख पुनले बताए । रिफर गरिएका बिरामीहरूको उपचारमा अञ्चल अस्पताल तुलसीपुरका चिकित्सकहरू खटेका छन् । एकै दिन एकाएक बिरामीहरूको चाप बढेपछि स्वास्थ्यकर्मीहरू पनि अत्तालिएका थिए । ‘बिहान केही बिरामी आएका छन् भनेर स्वास्थ्यचौकी आएको बिरामीको चाप थामिनसक्नुभयो । यस्तो समस्या कहिल्यै देखेको थिइनँ,’ पुनले भने, ‘दिनभर बिरामी थपिए । एकछिन पनि खाली भएन । सबै बिरामीमा झाडापखाला देखिएको छ । एउटैलाई दुई–तीनवटा स्लाइन चढाउनुपरेको छ ।’ झाडापखालाबाट वडा नं. ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरू बढी प्रभावित भएका छन् । दिउँसोदेखि एम्बुलेन्स व्यवस्था गरी बिरामीलाई स्वास्थ्यचौकी र अस्पताल पुर्‍याउने व्यवस्था मिलाइएको थियो । झाडापखाला फैलिएको जानकारी पाएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निमित्त जनस्वास्थ्य प्रमुख प्रकाशकुमार योगीलगायतको टोली थप औषधि र स्वास्थ्यकर्मी लिएर शान्तिनगर पुगेको थियो । जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली पनि बिरामीहरूको अवस्था बुझ्न गाउँमै पुगेका थिए । दूषित पानीका कारण झाडापखाला फैलिएको आशंका गरिएको छ । खानेपानीको मुहानमा प्रदूषण भएका कारण झाडापखाला फैलिएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जनस्वास्थ्यको टोलीले बिरामीको दिसा जाँच गरी समस्याको प्रारम्भिक अवस्था बुझेको छ । जाँचका क्रममा फोहोर पानीकै कारण झाडापखाला फैलिएको पाइएको जनस्वास्थ्यका प्रयोगशाला प्राविधिक परशुराम पोख्रेलले बताए । ‘दिसामा ब्याक्टेरिया देखिएको छ । कस्तो खालको ब्याक्टेरिया भन्ने यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘पानीमै फोहोर भएका कारण रोग फैलिएको देखिन्छ । उपचार मात्रै गरेर नियन्त्रणमा आउने अवस्था देखिँदैन । पानीको मुहान नै शुद्धीकरण गर्नुपर्छ ।’ केही बिरामीहरूको दिसा जाँच गरी समस्या पत्ता लगाउने प्रयास गरेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका डा. महेश कर्माचार्यले बताए । जाँचका क्रममा खानेकुरामै समस्या देखिएको उनले बताए । ‘एकैसाथ यति धेरै बिरामी हुनु सामान्य कुरा होइन । तत्काल कुनै भोजभतेर नभएकाले विषाक्त खानाको शंका छैन,’ उनले भने, ‘खानेपानीमै समस्या भएको हुन सक्छ । यसको खास कारण यकिन हुन बाँकी नै छ ।’ खानेपानीको मुहानमा शुद्धीकरण नगरी पानी वितरण गर्दा नै प्रकोप फैलिएको शान्तिनगर गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए । माइलीपानी खानेपानी मुहानबाट पानी नपुगेपछि केही दिनअघि सिधै सिमलगैरा मुहानको पानी वितरण गरिएको थियो । उक्त पानी शुद्धीकरण नगरी धारामा वितरण गरिएका कारण समस्या उत्पन्न भएको डाँगीले बताए । ‘केही दिनअघि पानी पर्‍यो । त्यसबेला भलपानी मुहानमा मिसियो,’ उनले भने, ‘धमिलो पानीसँगै ट्यांकीमा जम्मा भएको फोहोर धारामा पुगेपछि झाडापखाला फैलियो ।’ अहिले गाउँमा पानी उमालेर मात्र खान र समस्या भए तत्काल स्वास्थ्यचौकी पुग्न माइकिङ गरिएको अध्यक्ष डाँगीले बताए । ‘गाउँ–गाउँमा माइकबाट प्रचार गरिरहेका छौं । स्वास्थ्यचौकीमा नि:शुल्क शिविर चलाइरहेका छौं,’ उनले भने, ‘बिरामीहरू टाढा–टाढा भएकाले गाउँ–गाउँमा एम्बुलेन्स पठाइरहेका छौं । बिरामीहरू आउने–जाने क्रम जारी छ ।’ हाल अपुग औषधि जिल्लाबाट मगाएर पूर्ति गरिरहेको र अभाव नरहेको उनले बताए । एक वर्षअघि पानी छान्ने मेसिन खरिद गरिए पनि खानेपानी समितिले हालसम्म जडान गर्न नसकेको उपभोक्ताको गुनासो छ । समितिको लापरबाहीकै कारण झाडापखाला फैलिएको बिरामीहरूले बताए । खानेपानी समितिका अध्यक्ष माधव बस्याल भने हालसम्म वितरण भइरहेको मुहानको पानी अपुग भएका कारण नयाँ मुहानको पानी सिधै जडान गर्न बाध्य भएको बताउँछन् । बेलाबेला पानी जाँच गर्ने गरेको र पानी पिउनयोग्य नै भएको उनले दाबी गरे । उनका अनुसार ८ सय ५१ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । माइलीपानी आयोजनाको पानी उपभोग गर्ने अधिकांश बिरामी भएको शान्तिनगर ३ गाहा टोलका टेकबहादुर दमाईंले बताए । उक्त खानेपानी आयोजनाअन्तर्गतका उपभोक्तामा २०६१ सालमा पनि झाडाबान्ताको प्रकोप फैलिएको उनले बताए । त्यतिबेला आफ्ना भाइ रामबहादुरसहित स्थानीय तीन जनाको मृत्यु भएको दमाईंले बताए । उनका अनुसार उतिबेला स्थानीय विद्यालय बन्द गरेर केही दिन शिविर नै चलाउनुपरेको थियो । अहिले पनि उनकी १५ वर्षीया छोरी सुशीला बिरामी परेर अञ्चल अस्पताल तुलसीपुरमा भर्ना भएकी छन् । ‘पानीकै कारण पटक–पटक प्रकोप फैलिएको छ,’ उनले भने, ‘पानी शुद्धीकरण नभए हामी सधैं खतरामा हुन्छौं ।’ अहिले पनि पानीका उपभोक्ताहरू नै बिरामी भएका कारण पानीमा खराबी भएको सजिलै थाहा पाउन सकिने शान्तिनगर ४ चिराघाटकी ४० वर्षीया लीला रायमाझीले बताइन् । प्रहरी चौकी चिराघाटकी प्रहरी जवान प्रतिमा पुनसमेत झाडापखालाबाट बिरामी भएकी छन् । अञ्चल अस्पताल तुलसीपुरमा उपचाररत पुनले भनिन्, ‘पानी पिउनेहरू सबै बिरामी छन् । हामी पनि बिरामी भयौं । पानीमै खराबी देखिन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending