विश्वकप अगाडी अर्जेन्टिनालाई झड्का: चोटका कारण गोलरक्षक मैदान बाहिर
जेष्ठ १२ गते, २०७५ शनिवार 26th May, 2018 Sat०८:४९:२२ मा प्रकाशित
आगामी महिनाबाट रशियामा सुरू हुने विश्वकप फुटबलको तयारीमा जोडतोडकासाथ लागिरहेको अर्जेन्टिनी टोलीलाई मंगलबार ठूलो झट्का लागेको छ ।
टोलीका गोल रक्षक सरजियो रोमेरो घूँडाको चोटका कारण मैदान बाहिर बस्नुपर्ने भएपछि टोलीले सो झटका बेहोरेको हो ।
अर्जेन्टिना फुटबल एसोसोएसनले यसको पुष्टि गरेको छ ।
ब्रूनर्सआयर्सममा प्रशिक्षणका दौरान रोमेरोलाई दायाँ घुँडामा चोट लागेको हो ।
‘रोमेरोलाई अन्तिम २३को सूचिबाट हटाइनेछ’, एसोसिएसनले भन्यो ।
३१ वर्षिया रोमेरो अर्जेन्टिनाको फुटबल इतिहासमा देशको प्रतिनिधित्व गर्दै सर्वाधिक खेल खेल्ने गोलरक्षक हुन् ।
२०१० तथा २०१४ मा अर्जेन्टिनाकोतर्फबाट विश्वकप खेलेका रोमेरोले देशका लागि कुल ८३ खेल खेलेका छन् ।
उनको चोट शल्यक्रियाबाट ठीक हुने बताइएको छ ।
त्यहाँको फुटबलसंघले छिट्टै उनको सट्टामा रशिया जाने अर्का गोलरक्षकको घोषणा गरिने जनाएको छ ।
विश्वकपसँगै रोमेरोले ३ कोपा अमेरिका खेलेका छन् भने २००८ मा भएको बेइजिङ ओल्म्पिक्समा टिमबाट गोल्ड मेडल समेत जितेका छन् ।
रशियामा जुन १६ मा रशियाले आफ्नो समूहको पहिलो खेल आइसल्यान्डविरूद्ध खेल्नेछ ।
समूह ‘डि’मा रहेको अर्जेन्टिनासँग सो समूहमा क्रोएशिया तथा नाइजेरिया रहेका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: