संसदमा योगेशको ९ बुँदे सम्बोधनः प्रतिपक्षलाई ‘आफ्नै मनको बाघ’ले लखेट्यो
जेष्ठ ११ गते, २०७५ शुक्रवार 25th May, 2018 Fri१२:४७:२४ मा प्रकाशित
काठमाडौं ।संसदमा सोमबार प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको छलफल आज सकिएको छ । छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले मन्तव्य राखेका छन् । जस अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराई ९ बुँदे मन्तव्य राखेका छन् ।
संसदमा प्रस्तुत गरेको सम्बोधनको तेस्रो बुँदामा भट्टराई भने ‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र दुविधाको सिकार बनिरहेको छ । ऊ आफ्नै इतिहासको गहुङ्गो भारीले असाध्यै नराम्ररी थिचिएको छ । प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ । बासी र पुराना प्रश्ना तीर अल्यमल्याएर सक्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु ।’
सम्बोधनको पूर्णपाठसम्माननीय सभामुख महोदय१) सम्माननीय राष्ट्रपतिले यही २०७५ जेठ ७ गते संघीय संदनको दुवै सदनको संयुक्त बैठकमा वर्तमान सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यो नीति तथा कार्यक्रम लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र परिवर्तनको निम्ति विगत सात दशकयता भएका ऐतिहासिक शान्तिपूर्ण राजनीतिक क्रान्ति, संशस्त्र संघर्ष, जनआन्दोलन, सामाजिक र समुदायिक आन्दोलनप्रतिको नेपाल राष्ट्रको उत्तरदायित्वको समष्टिगत दस्तावेज हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भावी विश्वास, बाटो र उज्यालो पनि हो ।२) आधुनिक राष्ट्र निर्माण र लोकतन्त्र प्राप्तिका खातिर नेपाली आमाका कर्मठ र योग्य सन्तानहरुको वीरता र बलिदानको उच्च सम्मान गर्दै ती तमाम आदरणीय शहीद तथा अग्रजहरुको सपनालाई साकार पार्ने दृढ अठोटको मार्गचित्र हो, ‘यो नीति तथा कार्यक्रम ।’ नेपाली जनताको लामो समयदेखिको संघर्ष र बलिदानको जगमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख भावी समृद्ध नेपालको मार्गचित्र हो । गएको निर्वाचनमा वाम गठबन्धनले नेपाली जनता समक्ष गरेका बाचा, खाएको कसम र देखाएको सपनालाई बस्तविकतामा बदल्ने बृहत परियोजना समेत हो ।३) प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना हो । ‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं भय, त्रास, अन्योल, अनिश्चय र दुविधाको सिकार बनिरहेको छ । ऊ आफ्नै इतिहासको गहुङ्गो भारीले असाध्यै नराम्ररी थिचिएको छ । प्रतिपक्षका माननीयज्यूहरुको अभिव्यक्ति बासी प्रश्नहरुको पुलिन्दा जस्तै छन् र समयले ताजा प्रश्नहरु जन्माएको छ र ताजा उत्तर खोजिरहेको छ । बासी र पुराना प्रश्ना तीर अल्यमल्याएर सक्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरुलाई अनुरोध गर्दछु ।यहाँनिर म भन्न चाहान्छु, ‘लोकतन्त्रलाई पद्धतिको रुपमा मात्रै होइन संस्कृतिको रुपमा समेत अबलम्बन गर्दै आएको ‘नेपाल कम्युनिष्ट पार्टी’ प्रतिपक्षको संबैधानिक भूमिका र मर्यादाप्रति सदैव संबेदनशिल छ । हुनेछ ।’ २०४८ सालको संसदमा जस्तो वर्तमान संसदमा प्रतिपक्षले उपेक्षा भोग्नु पर्ने छैन । निधेषको अनुभव गनुपर्ने छैन । तत्कालीन अवस्थामा मृत्यु र जीवनसँग जुधिरहनु भएका आदरणीय नेता मनमोहन अधिकारीमाथि गरिएको अमावनीय र संवेदनहीन व्यवहार यो संसदको कुनै पनि माननीय सदस्यमाथि पुनरावृत्ति हुने छैन । बिर्सन लायक संवेदनहीन कदम दोहोरिन दिने छैनौं भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु ।४) २००७, २०४६ र २०६२÷०६३ मा भएका ऐतिहासिक क्रान्ति र आन्दोलनहरु मुलतः वाम लोकतान्त्रिक शक्ति र उदार लोकतान्त्रिक शक्तिको सहकार्यबाट सम्पन्न भएको वास्तविकलाई कसैले विर्र्सन सक्दैन । भुल्न मिल्दैन । संबिधानसभामा वामपन्थी शक्तिले प्रभावकारी भूमिकासहित नेतृत्व नगरेको भए संबिधानको घोषणा हुन असम्भव थियो भन्ने इतिहासको तथ्य हामीलाई संस्मरण छ । संबिधानको कार्यान्वयनमा तीनै तहको निर्वाचन, नयाँ संरचना र संस्थाहरुको निर्माणसँगै मुलुक राजनीतिक स्थिरता र शासकीय स्थायित्वतर्फ अघि बढ्दैंछ । यस्तो अवस्थामा विगतमाझंै सरकारमा साझेदारी गरिरहन पर्ने छैन । तर, नेपाली समाजको अग्रगतिका लागि सबैधानिक राजनीतिक शक्तिहरुकोबीचमा सहकार्य अनिवार्य छ । नीति तथा कार्यक्रमले यो महत्वलाई आत्मासात गरेको छ ।५) भौगोलिक अखण्डता तथा सामाजिक एकता नेपाली राष्ट्रियताका अभिन्न पाटाहरु हुन् । हाम्रा पूर्खाहरुको वलिदान र रगतसँग साटिएको हाम्रो प्यारो देश र हाम्रो माटो हाम्रा लागि सबैभन्दा प्रिय छन् । हामी सबै यही प्यारो देशलाई शीरमा सजाएर र यही माटोलाई मुटुमा राखेर दौडिरहेका छौं । सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति, भूगोल र लिङ्गका नेपाली जनताबीचको अटुट एकताले हाम्रो राष्ट्रलाई अझ बलियो र चीरस्थायी बनाउनेछ । जङ्गी महत्वकांक्षासहित तीव्र गतिमा दौडिरहेका हाम्रा छिमेकी मित्र राष्ट्रहरुको प्रगतिबाट फाइदा लिदै भौगोलिक अखण्डतालाई अक्षुण राख्नु हाम्रो साझा संकल्प हो । यस्तो परीक्षामा पास भएर नेपाली जनताको अपार समर्थन प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा रहेको वर्तमान सरकारले यो भू–राजनीतिलाई तीव्र आर्थिक बिकासका लागि अवसरका रुपमा अघि बढाउने संकल्प यो नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । ‘नेपाली राष्ट्रवाद कुर्सीे अनुसार बदलिदंैन ः अवस्था र स्थिति अनुसार फेरिदैन’ भन्ने मानक सधैभरीका लागि स्थापित गर्नुछ । ६) चौडा सडक, अग्ला भवन, रेल, पानीजहाज, ठूला हवाई मैदान आदि यो नीति तथा कार्यक्रममा चर्चित प्रस्तावहरु हुन् । तर, प्रश्न छ, ‘यो सबै के–का लागि ? कसका लागि ?’ यसले विद्यमान सामाजिक संरचना र वर्ग संरचनामा के परिवर्तन ल्याउँछ ?’ तर, हामी प्रष्ट छौं, ‘यसले ल्याउने प्रतिफल ती तमाम सीमान्तकृत र श्रमजीवि जनताको जीवनमा उज्यालो ल्याउनु हो । अनेकौ बोझ, पीडा र नियतिहरुले अभिशप्त उनीहरुको अनुहारमा मुस्कान ल्याउनु हो ।’ त्यही हो, समाजवादी दिशा अनि त्यही हो सामाजिक न्याय भनेको पनि । जो, यो नीति तथा कार्यक्रममा प्रतिबद्धताको रुपमा रहेको छ । ७) ‘सिद्धान्त र इतिहासको मृत्यु’ भयो भन्ने भ्रान्तीलाई प्रचार गरेर राज्यलाई दलालहरुले कब्जा गर्ने, राज्य र जनताबीचमा सदैव शत्रुतापूर्ण सम्बन्ध बनाइरहने मान्यता कुनै पनि वहाना र मूल्यमा हामीलाई स्वीकार्य छैन । तसर्थ, यो नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा राज्यको नेतृत्वदायी भूमिकालाई स्वीकार गरेको छ । लोककल्याणकारी राज्यको स्थापना सँगै राजनीतिक संस्थाहरुमा बढ्दो दलाली चरित्रलाईलाई अन्त्य गर्ने अपेक्षा गरिन्छ । संसद, जनप्रतिनिधिमुलक संस्था व्यवस्था, दल र नेतृत्वले विगतमा आफ्नो साख बचाउन नसक्दा जसरी मुलुकले ठूला–ठूला क्षति व्यहोर्नु प¥यो । राष्ट्रको समय बर्बाद भयो । हाम्रा पूर्खाहरुले आफ्नो उर्बर र अमूल्य समय निर्माणमा होइन अभियान र आन्दोलनमा खर्चिनु प¥यो । यसबाट पाठ सिक्दै राजनीतिक संस्थाहरुभित्र यो वा त्यो कुनाबाट प्रभाव विस्तार गरिरहेको दलाल प्रवृत्तिलाई अन्त्य गर्दे संसदमार्फत व्यबस्थाले आफ्नो विश्वास बचाई राख्नु पर्नेछ । यो हाम्रो सबैको साझा दायित्व पनि हो । ८) नेपालको लोकतान्त्रिक क्रान्तिले संबिधान निर्माणसँगै पूर्णता पाएपछि विकास र समृद्धिको भोक जागेको छ । जगाइरहेको छ । हाम्रो भू–राजनीतिले भोक–भोकै हिंडेर भावनात्मक गीत मात्रै गाउने छुट दिदैन । दिइरहेको छैन । भोका पेटहरुलाई सन्तुष्ट बनाउन सकियो भने राष्ट्र निर्माणको अजंग शक्ति त्यही हुनेछ । तर, भोका पेटहरु भोकै बसिरह्यो भने विध्वंशको रुप लिनेछ । यो हामी सबैका लागि गम्भिर चुनौती हो । हामीले ती भोका पेटहरुलाई राष्ट्र निर्माणमा लगाउनु छ । संसारलाई सुन्दर बनाउन योगदान दिइरहेको हाम्रो श्रमशक्तिलाई यही देशलाई सुन्दर बनाउन र यही माटोलाई उर्बर बनाउन परिचालन गर्नु पर्दछ । ‘पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका रुपमा यो संकल्प नीति तथा कार्यक्रममा प्राथमिकताकासाथ समावेश भएको छ । ९) यो नीति तथा कार्यक्रममा कृषिको आधुनिकीरण जलस्रोतको बहुउपयोग, पर्यटन पूर्वाधार, मानव संसाधनको बिकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने उत्पादनमा बृद्धि गर्ने न्यायोचित वितरण गर्ने, व्यापार घाटाबाट उत्पन्न परनिर्भरतालाई अन्त्य गर्ने अठोट गरिएको छ । बार्षिक रुपमा श्रम बजारमा आउने युवा शक्तिलाई योग्यता अनुसारको काम दिने, दुई अंकको आर्थिक बृद्धि गर्ने, प्रतिव्यक्ति आयमा बढोत्तरी गर्ने भ्रष्टचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लक्ष्य राखिएको छ । यसको समष्टि परिणाम ‘सुखी नेपाली ः समृद्ध नेपाल’ का रुपमा देखाउनु पर्नेछ । यसका लागि सवत्र परिर्वतन गर्नुपर्ने छ । कार्लमाक्र्सले भन्नु भएको थियो, ‘दार्शनिकहरूले विभिन्न ढङ्गबाट संसारको व्याख्या मात्रै गरेका छन्, जबकी सवाल यसलाई परिवर्तन गर्ने हो ।’ अबको हाम्रो सवाल पनि परिर्वतन हो । तसर्थ परिर्वतनको मार्गचित्र समावेश यो नीति तथा कार्यक्रमलाई समर्थन गर्न म सबै राजनीतिक दल र मान्य सदस्य ज्यूहरुलाई हार्दिक आग्रह गर्दछु । धन्यवाद !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: