Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन । आजको नागरिकको दैनिकमा खबर छ – निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुप(यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा। रावलले नागरिकसँग भनिन्। महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे। ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने। इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं। कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending