Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

यो हो पुरुषलाई ‘प्रेम गर्न सिकाउने विद्यालय’

एक्काइसौं शताब्दीमा \'डेटिङ\' अर्थात प्रेम सम्बन्धमा रहनु कठिन पनि हुनसक्छ । व्यस्त कार्यतालिकामाझ \'डेटिङ एप\'को मद्दतले आफूले खोजेको साथी फेला पार्नु कहिले काहिँ त टाउको दुखाइसमेत बन्छ । तर महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै बढी रहेको चीनजस्तो देशमा त यो थप चूनौतिपूर्ण छ ।

चीनको एक सन्तान नीतिका कारण महिला र पुरूषको संख्यामा यस्तो ठूलो असन्तुलन देखिएको हो । सन् २०१६ को एउटा तथ्यांकले चीनमा महिला भन्दा पुरूषको जनसंख्या करिब ३ करोड ३६ लाखले बढी रहेको देखाएको थियो । त्यही भएर एउटा डेटिङ विद्यालयले चीनका युवाहरूलाई कसरी आफ्ना सम्भावित मायालुहरूलाई खुसी बनाउने भन्ने बारे सिकाइरहेको छ ।त्यसका लागि श्रृंखलाबद्ध रुपमा अनलाईन र प्रत्यक्ष कक्षाहरू नै सञ्चालन गर्ने गरिएको छ । वार्तालाप सहितका कक्षादेखि नृत्य सिकाउनेसम्मका विषयहरूलाई उक्त विद्यालयले समावेश गरेको छ । अलिक लजाउने स्वभावबाट आत्मविश्वासी बन्न मोटो रकम तिर्न त्यहाँ जाने विद्यार्थीहरूले सहमति जनाएका छन् । एक-एक जना व्यक्तिको तहमा पनि प्रशिक्षण दिइने उक्त विद्यालयले त्यसको शुल्क ४५०० डलर तोकेको छ । बेइजिङमा यस्तो खालको \'लव एनर्जी\' नामक विद्यालय यी स्वीले चलाउँछन् । \'म्याजिक कार्ड\' उपनाम भएका उनी भन्छन्, \"डेटिङ एउटा उत्कृष्ट नृत्य जस्तै हो । कहिलेकाहिँ आफ्नो साथीलाई आफूतर्फ तान्नुपर्छ त कहिले अलिकति पर धकेल्नुपर्छ तर निरन्तर उसप्रति संवेदनशील भइराख्नुपर्छ ।\" प्रेम सम्बन्ध राख्न सिकाउने त्यस्ता कक्षाहरू प्रतिको आकर्षण चीनमा बढिरहेको छ। अनलाईनमार्फत त्यस सम्बन्धी कक्षाहरू लिन प्रति महिना ३० डलर शुल्क तिर्नुपर्ने बताइन्छ । \'म्याजिक कार्ड\'का अनुसार उनका कक्षामा आउने ग्राहकको उमेर २३ देखि ३३ वर्षको बीचमा देखिन्छ । सबैभन्दा कम उमेरका विद्यार्थी १९ वर्षका छन् भने एक जना ५९ वर्षका वयस्क पनि डेटिङ कला सिक्न विद्यालयमा भर्ना भएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending