Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

गोरेले भनेका थिए-मलार्इ उर्लाबारीमै झुण्डाएर मार्नू (पूर्णपाठसहित)

म चुडामणि उप्रेती \'गोरे\' मेरो घर उर्लाबारी । म जन्मेको इटहरी । म हाल काठमाडाैंमा बस्छु । आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु । विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो । जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ । फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरुलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन् मसँग पनि । खोज्दै जाँदा म पनि सायद भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झै–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं, एक अर्कामा सोधीखोजी हुन्थ्यो । लामो स्वास… सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरुलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो । त्यो हुन पाएन । अन्तिममा हामी वर थियौं, हामी त्यहाँ थिएनौं । अन्तिममा सनम म¥यो भन्ने खबर आयो । खबर आइसकेपछि हामी आत्तियौं । आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाण्डुबाट चिनेको एकजना मैले मामा भन्ने बालकृष्ण सञ्जेललाई बोलाएँ । त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन । म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहिँ पनि छैन । म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन । लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए । अब सुनको राज त्यहीँ हुनुपर्छ । सनमलाई मारिएको छ । सनम मरेर गयो । त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झै–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले । एअरपोर्टका स्टाफहरुलाई पनि बोलाएर सोधीखोजी गरें मैले । कसैलाई मार्ने इन्टेन्सन थिएन । मारेर खान मलाई आउँदैन । उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाई बहिनीहरु म निर्दोष छु । गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो । मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन छ । मेरो पनि परिवार छ । मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन । पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन । उनीहरु के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन । गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे ! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन । यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एकदिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ । उनीहरुको मलाई दबाब थियो । म त …म त खोजी पनि नगरुम भन्ने थियो । पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरु भेट्टाइयो । भेट्टाएपछि हामी ठाउँठाउँमा गयौं । खायौं, बस्यौं, हिँड्यौं । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबीच । घरी उनीहरुले हान्थे, घरी अरु केटाहरुले हान्थे । म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए । मल्ल, मने र सनम थिए । जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो । त्यो सुनको राज खोलिन्छ या अब भेट्टियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन । म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागें । धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड । सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरुको दबाब थियो । र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरु छन् । जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्, सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो । मने र मल्ल अन्तिममा थिए । मैले पुलिस बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ । म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरु । कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन । म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान । म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु । मेरो गल्ती छैन् । लाष्टमा ३ जना थिए । हामी वर थियौं, एक्कासी म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन । त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु । मलाई पनि दबाब थियो, खोजेर लेराइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन । सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु । म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडीचुँडी खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् । यत्रो धेरै ईस्यु भएको छ, किनकी त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरुले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् । मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् । र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुङ्गाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन । जुन भिडियो देखाइएको छ, त्यो एकदिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ । यही हो…, ३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ । म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन । यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु । (साढे ३३ किलो सुनकाण्डका मूख्यनाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’को केहि दिनअघि सार्वजनिक भिडियको हामीले ।जस्ताको तस्तै प्रस्तुत गरेका हौं ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending