Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकारको नीति तथा कार्यक्रमबारे उर्जामन्त्री पुनले यस्तो भने

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिबारे रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन । उनले भने,‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले बृहत्त योजनाहरु यसै वर्षभित्र सूरु गर्ने भएको छ, तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावट विद्युत निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’ साक्षात्कारमा बोल्दै मन्त्री पुनले आधुनिक उर्जाको विकासले आर्थिक समृद्धि मात्रै नभएर रोजगारीको समेत सिर्जना हुने विश्वास दिलाए । उनले भने,‘स्वेतपत्र, र नीति तथा कार्यक्रममा भनिएका सबै कुराहरु अक्षरंश कार्यान्वयन हुन्छन्, पहिलेकोजस्तो अस्थिर राजनीतिक अवस्था अहिले छैन्, काम गर्ने समय मिलेन भन्ने अवस्था पनि छैन्, २०७५ सालबाट आर्थिक समृद्धि र विकासको वर्ष सूरु भएको छ, यसलाई नै समृद्धिको आधार वर्षको रुपमा गणना गर्न अनुरोध गर्दछु ।’ उर्जामा आधुनिकीकरण गरेर आगामी ३ वर्षभित्र भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गर्नेतर्फ उर्जा मन्त्रालय जुटिसकेको पनि उनले जनाए । उनले थपे,‘विद्युतीय चुल्हो, विद्युतीय सवारीहरुको खरिदजस्ता कामहरु गर्ने र ब्यापार घाटालाई प्रतिस्थापन गर्नेमा सरकारको तयारी रहेको छ, हामी त्यही अनुार अघि बढिरहेका छौं।’ राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको अभियानलाई सार्थकतामा लैजानु नै वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाई छ । उनले थपे,‘सकारले सबै दलहरुलाई विश्वासमा लिएर अघि बढ्छ, समृद्ध मुलुक निर्माण गर्नको लागि हामी सबैको साथ र सहयोग लिएर अघि बढ्छौं, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगमा समृद्धि हाँसिल गर्ने कुरामा सबै एकजुट भएर लाग्नुपर्छ ।’ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले नयाँ आशा जगाएको उनको विश्वास छ । मन्त्री पुनले भने,‘नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको छ, संसारमा भएको विकास निश्चित व्यक्तिको हातमा परेको ईतिहाँस छ, हाम्रो देशको विकास र समृद्धिले गरिब जनताहरुको जीवनलाई सम्बोधन गर्नेछ, हाम्रो विकासको मोडल गरिब, निमुखा जनतातर्फ बढि केन्द्रित हुनेछ, यो नीति तथा कार्यक्रम सुझबुझकासाथ नै आएको छ ।’ सडक, कृषि र उर्जा लगायतका क्षेत्रलाई सरकारले विषेश प्राथमिकताको रुपमा अघि सारेको जनाए । उनले भने,‘अझैपनि दुईतिहाई जनताहरु कृषिमा निर्भर छन्, आधुनिक उर्जाको विकास, आधुनिक सिँचाई र आधुनिक कृषि प्राणालीको विकासले मात्रै कृषकहरुको जीवनमा परिर्वतन आउँछ, यसै वर्षमा तमोर, सुनकोशी, कालिगण्डकी, नौमुरे जस्ता बहुउद्देश्यीय जलविद्युत आयोजनाहरु सूरु हुँदैछन्, त्यस्तै भेरी डाईभर्सन निर्माणको काम अन्तिमतिर पुगेको छ, उर्जा क्षेत्रको विकासमा जनताको लगानी आवश्यक छ, समृद्धिको मालिक जनता आँफै हो ।’ खोला झोलामा बोक्ने प्रवृतिको अन्त्य हुन्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री पुनले भने,‘हरेक योजनाहरुको प्रगति विवरणका आधार लाईसेन्स दिने र सरकारको निगरानीमा राखेर आयोजनाहरु सञ्चालन गर्ने मन्त्रालयको रणनीति हो, खोला झोलामा बोकेर हिँड्ने दिन गईसके, त्यस्ता बिचौलियालाई समाजबाटै विस्तापित् गर्नुपर्छ, सरकारले काम गर्नेलाई सम्मान गर्ने र काम नगर्ने, लाईसेन्सको धम्की दिने, योजनाहरु होल्ड गर्ने प्रवृत्तिका मानिसहरुलाई छोड्दैनौं, यस्ता महत्वपूर्ण आयोजनाहरुमा बिचौलीयाहरुको चलखेल पूर्णरुपमा बन्द हुनेछ ।’ मन्त्री पुनले विद्युत चुहावटलाई रोक्नको लागि सरकार लागिरहेको पनि जनाए । उनले भने,‘विशेषगरि सिँचाईको समयमा ‘हुक’ गरेर बोरिङ गर्ने, विद्युत चोरी गर्ने काम हुन्छ, त्यसको अन्त्य गर्न सरकारले उर्जामन्त्रालय अन्र्तगत सोलार वितरण गर्ने र चोरी गर्नेलाई कारबाही गर्ने गरिरहेको छ, समुहमा सोलार वितरण गरेर सिँचाई गर्ने वातावरण निर्माण गर्ने र यस्ता गलत प्रवृतिको अन्त्य गर्नेमा सरकार लागि रहेको छ ।’ मन्त्री पुनले लामो समयदेखि विवादित बन्दै आएको बुढिगण्डकी आयोजनाको मुआब्जा तत्काल वितरण गरिने आश्वासन दिएका छन् । उनले भने,‘बुढिगण्डकी विद्युत आयोजनाको ४ अर्व मुआब्जा वितरण गरिसकेको अवस्था छ, बाँकी ६ अर्वपनि आगामी आर्थिक वर्ष अघिनै वितरण हुने कुरा जानकारी गराउँदछु ।’ मन्त्री पुनले बुढीगण्डकी आयोजनाको काम यही आर्थिक वर्षभित्रै सुरु हुनेपनि जनाए । अरुण तेस्रो निर्माणमा केही समस्या आएको छ अरे नि भनेर पत्रकारले सोधेको अर्को प्रश्नको जवाफमा मन्त्री पुनले भने,‘कुनैपनि समस्या वा विवाद छैन्, मन्त्रालयसमक्ष अहिलेसम्म कुनै पनि समस्या आईपुगेको छैन, केही आयो भनेपनि हामी समाधान गर्न तयार छौं।’ त्यस्तै उनले अरुण तेस्रो परियोजना लगानी बोर्डले अघि बढाएको पहिलो आयोजना भएकोले समयमै त्यसको निर्माणको काम सम्पन्न हुने पनि ठोकुवा गरे । उनले भने,‘उर्जा क्षेत्रको विकासमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्छ, उर्जामा आधुनिकरण गर्नु आजको आवश्यकता हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending