Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सरकारको नीति कार्यक्रमः प्रतिव्यक्ति आय दोब्बर, ५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक

काठमाडौं । सरकारले अगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । सोमबार संघीय संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति र कार्यक्रममा अगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्‍याउने र पाँच वर्षमा दोहोरो अंक पुर्‍याउने उल्लेख गरेको हो । नेपालीहरुको प्रतिव्यक्ति आयलाई पनि पाँच वर्षमा दोब्बर पुर्‍याउने पनि उल्लेख गरिएको छ। मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधानको लागि आवश्यक कदमहरु चाल्ने सरकारले घोषणा गरेको छ। यसका लागि सरकारले सरकारी खर्चको नतिजा खोजिने र नतिजा प्राप्त नहुने क्षेत्रमा वजेट विनियोजन नगरिने उल्लेख गरेको छ। त्यसैगरी वित्तिय अनुशासनलाई प्रमुखता दिइने उल्लेख गरेको छ । त्यसैगरी आन्तरिक स्रोत परिचालनलाई प्राथमिता दिंदै उत्पादन बृद्धिलगायतका क्षेत्रमा पुँजी लगानी बढाइने पनि नीति तथा कार्यक्रममा छ । त्यसैगरेर सरकारले सम्पत्ति सुद्धिकरणको क्षेत्रमा कठोर कदम चालिने पनि उल्लेख गरेको छ । त्यस्तै सबै नेपालीलाई बित्तिय पहुँचमा पुर्‍याउने र सबै प्रकारका संगठित संस्थाको भुक्तानीलाई बित्तिय संस्थामार्फत अनिवार्य गरिनेसमेत उल्लेख गरेको छ । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको छ । नीति तथा कार्यक्रममा मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ । अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने नीति पनि लिइएको छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ । सबै नागरिकका लागि समान अवसर, सरक्षा दिने नीति पनि सरकारले लिएको छ । अबको सबै योजनालाई समयमै सक्ने नीति पनि सरकारले लिएको राष्ट्रपति भण्डारीले बताएकी छिन् । सरकारले संघ संस्था र कोषरुमा निस्कि्रय रकम उत्पादनमुलक क्षेत्रमा रकम परिचालन गर्ने, निस्क्रिय लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउने, सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर कदम चाल्ने, प्रत्येक नपाली नगरिरकको बैंक खाता खोल्ने, ५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने लगायतका नीति पनि सरकारले लिएको छ । अब अनुगमनको पनि ‘अनुगमन’ गर्ने नीनि ल्याएको छ । प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्नेहरुको पनि ‘अनुगमन’ गर्ने नीति लिइएको उल्लेख छ । अहिले अनुगमन गर्ने निकायहरु नै विभिन्न विवादमा पर्ने गरेका छन् । अनुगमनका नाममा कर्मचारीले धन्दा चलाउने गरेको आशंका गरिन्छ । त्यसलार्इ सम्बोधन गर्न सरकारलो यो नीति ल्याएको हो । सरकारले समयमा आयोजनाहरु सम्पन्न नहुने वर्तमान अवस्था अत्य गर्ने बताएको छ । यस्तै प्रत्येक मन्त्रालयमा समस्या समाधान गर्ने पनि उल्लेख छ । सरकारले वितीय अनुसासन र सार्वजनिक खर्च व्यवस्थापनलाई प्रभावकारी नीति पनि लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending