पाँचथर । नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ ।
सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन् । तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किएका प्रहरी हबलदार काजीमान लिम्बूले बताए । उनका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ । पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गरेका थिए । अवलोकनका क्रममा पिल्लर नं ३५/१, ३७, ३८, ४३ र ४३/३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३/१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताए । पिल्लर ४१ र ४२/१ को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१/१, ४३/२, ४४/१, ४४/२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । पिल्लर नं ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं ४४ हुनुपर्नेमा ४२/२ उल्लेख भएको, ४२/२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३/३ र ४४र१ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने देखिएको छ । बाँकी पिल्लर नं ३५, ३६/१, ४१/२, ४१/३, ४२, ४४/३, ४५, ४५/१, ४५/२ राम्रो अवस्थामा रहेको पाइएको छ । निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस सजिलै पुग्ने स्थानमा रहेका सीमा स्तम्भहरु जीर्ण हुनु तथा हराउनुमा स्थानीय गोठाला एवं तिम्बु पोखरी जाने पर्यटकहरुले हल्लाउने तथा भत्काउने गरेकाले पिल्लरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थामबारे पनि अवलोकन गरेको थियो । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ । तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौलाभन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ । प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: