Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

नेकपाको सम्पत्तिः एमालेको दैनिक अाम्दानी ४ लाख , माओवादीको १३ करोड ऋण, पेरिसडाँडाको जग्गा बैंकमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ । एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ । अाजको नागरिकमा खबर छ-दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसाबकिताब संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिस्ट पार्टीको हुने सहमति भएको थियो । तत्कालीन एमालेका संगठित सदस्यले पार्टीलाई अनिवार्य रुपमा दैनिक एक रुपैयाँ लेबी बुझाउँदै आएका थिए । ‘निर्वाचनअघि नियमित लेबी तिर्ने संगठित सदस्य तीन लाख ५५ हजारभन्दा बढी थिए, पछि धेरै थपिए,’ तत्कालीन एमाले प्रचार विभागका सचिव विष्णु रिजालले भने । यसरी संगठित सदस्यको लेबीबाट एमालेकोे दैनिक आम्दानी झन्डै चार लाख रुपैयाँ देखिएको हो । प्रधानमन्त्री र मन्त्रीले पार्टीको बैंक खातामा मासिक १५ हजार रुपैयाँ लेबी जम्मा गर्नुपर्ने एमाले नियम थियो । १४ जना मन्त्रीबाट एमालेको खातामा मासिक दुई लाख १० हजार रुपैयाँ जम्मा हुँदै आएको थियो । यस्तै प्रत्येक सांसदले मासिक १३ हजार रुपैयाँ लेबी बुझाउनुपथ्र्यो । प्रतिनिधिसभाका एक सय २१ र राष्ट्रियसभाका २७ गरी एक सय ४८ जना सांसदबाट एमालेको खातामा मासिक १९ लाख २४ हजार रुपैयाँ संकलन हुन्थ्यो । पार्टी कोटाबाट राजनीतिक नियुक्ति लिएका राजदूतलगायतले पनि अनिवार्य रुपमा लेबी बुझाउनुपर्ने नियम थियो । एमाले निकट कर्मचारी र शिक्षकले पनि पार्टीलाई लेबी तिर्दै आएका थिए । एमालेको बैंक खाता कालिमाटीस्थित कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा छ । तत्कालीन एमालेका नाममा काठमाडौं बल्खुमा चार रोपनीभन्दा बढी जग्गा, पुतलीसडकमा जिफन्ट कार्यालय भवन, च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन, रानीबारीमा पुष्पलाल प्रतिष्ठान भवन छन् । ६६ वटा जिल्लामा एमालेको आफ्नै कार्यालय भवन छ । यस्तै पार्टीको नाममा दुईवटा सवारीसाधन छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय मासिक दुई लाख रुपैयाँमा भाडामा लिएको हो । पार्टी कार्यालयमा १४ जना कर्मचारी छन् । ती कर्मचारीलाई प्रतिव्यक्ति मासिक तलबभत्ता २० हजार रुपैयाँ दिने गरिएको छ । तत्कालीन माओवादी केन्द्रको आम्दानीको मुख्य स्रोत मन्त्री र सांसदहरुले बुझाउने लेबी मात्रै थियो । मन्त्रीहरुले मासिक १८ हजार रुपैयाँ र सांसदले १२ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने माओवादी केन्द्रको नियम थियो। ‘मन्त्री र सांसदबाट आउने लेबी नै पार्टीको मुख्य आम्दानी थियो । त्यसबाहेक आम्दानीको अन्य स्रोत थिएन,’ तत्कालीन माओवादीका नेता हरिबोल गजुरेलले भने, ‘माओवादी केन्द्र ऋणमा डुबेको छ।’ गजुरेलले तत्कालीन माओवादीका नाममा कति ऋण छ भनेर खुलाउन चाहेनन् । माओवादीले सरकारमा रहेका आठ मन्त्रीबाट एक लाख ४४ हजार तथा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १२ गरी ६५ सांसदबाट मासिक सात लाख ८० हजार रुपैयाँ लेबी संकलन हुने गरेको थियो । सांसदले बुझाएको १० हजार रुपैयाँ पार्टी केन्द्रीय कार्यालयको खातामा र दुई हजार सहिद परिवारका लागि खोलिएको खातामा जम्मा गरिन्थ्यो । माओवादीको बैंक खाता एभरेस्ट बैंक र ग्लोबल आईएमईमा छ । माओवादीको पेरिसडाँडामा रहेको भवनबाहेक अन्यत्र भौतिक सम्पत्ति देखिएको छैन । त्यो भवन पनि पार्टी भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियनको नाममा छ । माओवादीले पेरिसडाँडाको जग्गा धितो राखेर करोडौं रुपैयाँ ऋण लिएको छ । त्यो जग्गा व्यक्तिका नाममा नामसारी गरेर ऋण लिइएको अखिल नेपाल ट्रड युनियनका अध्यक्ष गणेश रेग्मीले बताए । ‘त्यहाँ पार्टीको नाममा रहेको ५४ आना दुई पैसा दुई दाम जग्गा धितोमा राखेर ऋण लिइएको छ,’ उनले भने । विभिन्न बैंक र वित्तीय संस्थामा गरी पार्टीको नाममा १३ करोड ऋण रहेको रेग्मीले बताए । पेरिसडाँडाको उक्त जग्गा रेग्मीसहित बाबुराम गौतमको नाममा नामसरी गरी धितोमा राखेर पार्टीले ऋण लिएको हो । पार्टी र संगठनलाई बैंकले ऋण नदिने भएपछि व्यक्तिका नाममा जग्गा कायम गरेर ऋण लिएको रेग्मीले बताए । ललितपुरका एक व्यापारीसँग खरिद गरिएको उक्त भवन मर्मत गर्न विभिन्न व्यक्ति र बैंकबाट लिएको एक करोड ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको तत्कालीन माओवादीका एक नेताले बताए । माओवादीले युद्धकालमा कब्जामा लिएका र खरिद गरेका धेरै गाडी भने नेताका नाममा नामसारी भइसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत आठसहित १९ जनालाई नियमित तलबभत्ता पार्टी कोषबाट दिइँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending