जेष्ठ ६ गते, २०७५ आइतवार 20th May, 2018 Sun१६:२७:२१ मा प्रकाशित
काठमाडौं ।नेपाली क्रिकेटर लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् । दिल्ली डेयरडेभिल्सले उनलाई मुम्बई इन्डियन्ससँगको खेलमा उतार्ने भएपछि सन्दीपले पछिल्ला तीन खेल खेल्न लागेका हुन् ।
दिल्लीको फिरोज शाह कोटला मैदानमा हुने खेल दिल्लीको यस सिजनको अन्तिम खेल हो । १३ खेलमा ८ अंक मात्र बटुली दिल्ली अंक तालिकाको पुछारमा रहेको छ र यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ। दिल्लीलाई पराजित गर्न सके मुम्बई प्ले अफमा पुग्ने छ।
खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ।
सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए। उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए। यद्यपि दिल्लीले उक्त खेल हारेको थियो।
शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरूद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए। आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: