Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

तत्कालिन एमालेबाट नेकपा केन्द्रीय समितिमा ४२ जनाको नाम टुंगो लाग्यो (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य छन्। त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल छन् ।

त्यस्तै विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर रानाको नाम टुङ्गो लगाइएको थाहा भएको छ । नवगठित नेकपा केन्द्रीय कमिटीमा चार सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो । बाँकी सदस्यको नाम केही दिनमा टुङ्गो लाग्ने तर औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएकोे थियो । नवौंँ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय दलको विभिन्न निकायमा बसेर काम गरेका, विभिन्न विभागका सचिव र युवा नेतालाई केन्द्रीय कमिटीका थप सदस्यमा प्राथमिकता दिइएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भए पनि औपचारिक रुपमा ४५ जनाको नाम सार्वजनिक हुन बाँकी छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending