Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

प्याराग्लाइडिङका लागि पहल

इलाम । पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आउनुभएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो । पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उनले बताए । पर्यटन व्यवसायी रहेकी राईको पहलमा इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट यसको परीक्षण उडान गरिएको छ । प्याराग्लाइडिङको सम्भाव्यताबारे जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीसँग उनले छलफलसमेत गरेका छन् आठदेखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छ । यो मौसमी वातावरण इलाममा रहेकाले समेत प्याराग्लाइडिङको कम्पनी खोलेर सञ्चालन गर्न सकिने व्यवसायी राईले बताए । सम्भावना अध्ययनका लागि राईसँगै प्याराग्लाइडिङ पाइलट विवेकशम्शेर राणा र विनोद लावतीसमेत आएका थिए । इलाममा ऐतिहासिक पुरातात्विक महत्व बोकेका र रमणीय स्थान प्रशस्त छन् । सम्भावना अध्ययनपछि पहल गरेर इलाममा प्याग्लाइडिङ कम्पनी खोल्ने र स्थानीय क्षेत्रमा नै प्याराग्लाइडिङ पाइलट उत्पादनमा जोड दिने सम्बन्धित निकायले जोड दिएका छन् । इलामका लागि प्याराग्लाइडिङ नयाँ कुरा भए पनि सम्भावना देख्दा सबैसँग सहकार्य गरी अघि बढ्न आफूहरू तयार रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

जिम्मेवारी दिए आफूहरु नेतृत्व गरेर अघि बढ्न सक्नेमा जोड दिंदै उहाँले प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल गर्नेसमेत उनले जोड दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending