Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रदेश प्रमुख डिआइजी कि एआइजि ? यस्तो गर्यो सरकारले निर्णय

काठमाडौं । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई नै प्रदेश प्रहरी प्रमुख बनाउने भएको छ । सोहीअनुसार प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा थाँती राखेर सरकारले १६ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीलाई संघीय संरचनामा लैजाने गृहकार्य जारी राखेका बेला सरकारले १६ जना एसएसपीलाई डीआइजीमा बढुवा गरेको छ । प्रदेश प्रहरी प्रमुख एआइजी या डीआइजी कसलाई बनाउने भन्ने अन्योल रहेकै बेला सरकारले डीआइजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने योजनाअनुसार बढुवा गरेको हो । प्रदेश प्रमुखको जिम्मेवारी डीआइजीलाई दिने तयारी भएपनि नेपाल प्रहरीमा कतिजना डीआइजीको दरबन्दी सिर्जना गर्ने भन्नेमा अझै टुंगो लागेको छैन । तर, तत्कालका लागि १६ जनालाई डीआइजीमा बढुवा गरेर उनीहरुलाई नै प्रदेशमा खटाउने योजनाअनुसार सरकारले निर्णय गरेको बताइएको छ । यही कारणले पनि एआइजी बढुवा प्रक्रिया तत्कालका लागि रोकिएको छ । बढुवा भएर फुली लगाइसकेका डीआइजीमध्ये केहीको पदस्थापन भइसकेको छ । केहीलाई आवश्यकताअनुसार खटाउने तयारी सरकारको छ । जसअनुसार महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने, एकेडेमीमा पुष्कर कार्की, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमल जिटी, मानवस्रोतमा ज्ञानविक्रम शाह, कार्य विभागमा छविलाल जोशी, प्रदेश नम्बर–१ मा केदार रिजाल, प्रदेश–२ मा दिनेश अमात्य, प्रदेश–३ मा दीपककुमार थापा, प्रदेश–४ मा दानसिंह बोहरा, प्रदेश–५ मा शेरबहादुर बस्नेत, प्रदेश–६ मा सुरेशविक्रम शाह र प्रदेश–७ मा शरद चन्दको पदस्थापन भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशमा एआइजी पठाउँदा ‘चेन अफ कमान्ड’मा अप्ठ्यारो पर्ने भएकाले प्रदेश प्रहरी प्रमुखमा डीआइजी नै पठाउने निर्णय गरेर पदस्थापन गरिएको बताए । त्यसैगरी, सीआइबीमा नारायणसिंह खड्का, विशेष ब्यूरोमा पिताम्बर अधिकारी, अपराध अनुसन्धान विभागमा धिरु बस्न्यातको पदस्थापन भएको छ । गृहले लागुऔषध नियन्त्रण ब्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागको प्रमुखमा पनि नयाँ डीआइजीलाई पठाउने तयारी गरेको छ । नेपाल प्रहरीमा अब कतिजना एआइजी राख्ने भन्ने निर्णय हुन सकेको छैन । एआइजीको दरबन्दी टुंगो लागेपछि अहिलेकै डीआइजीबाट केहीको एआइजीमा बढुवा हुनेछ । एआइजीको दरबन्दी टुंगो लागेपछि सरकारले बढुवासँगै पदस्थापनसमेत गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending