Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

'महिनावारी रोकिएपछि धेरैलाई डिप्रेसन'

किशोरावस्थादेखि नै खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि धेरै महिलालाई हड्डी खिइने र हड्डी कमजोर हुने समस्याले सताउने गरेको चिकित्सकले बताएका छन्।

महिनावारी सुकेपछिको अवस्थाबारे जानकार नभएका कारण उमेर बढ्दै गएपछि कष्टकर जीवन जिउन बाध्य भएको उनीहरू बताउँछन्। हरेक महिलाले आफ्नो जीवनकालमा भोग्ने यस्ता समस्याबारे सरकारी तहबाटै अध्ययन अनुसन्धान थाल्नुपर्ने विज्ञहरू बताउँछन्। शुभद्रा मल्लको महिनावारी रोकिएको ५ वर्ष भइसकेको छ। उनी अहिले ४६ वर्षकी भइन्। समयअगावै महिनावारी रोकिएपछि उनलाई जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, औडाहा हुने, चिसो पसिना आउने, राती निन्द्रा नपर्ने, अरू मानिस बोल्दा झिजो लाग्ने गर्छ। उनी भन्छिन्, \"आँखा कमजोर भयो पहिला मीठो लाग्ने खाना पनि नमीठो लाग्नेरहेछ। हाडजोर्नी दुख्ने गर्छ।\" शुभद्रालाई जस्तै महिनावारी सुकेका वा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै भाँच्चिने समस्या हुन्छ। महिनावारी रोकिएपछिका समस्याबारे जानकारी नहुँदा ठूलै रोग लागेको महसुस गरी धेरै महिला \'डिप्रेसन\'मा जाने गरेको पाइएको स्त्रीरोग विशेषज्ञ डा. रीना श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, \"महिनावारी सुकेपछि के कस्ता लक्षण देखिन्छन् भन्ने कुरा महिलालाई थाहा हुनुपर्छ। मलाई किन रिस उठिरहेको छ, किन धेरै पसिना आइरहेको छ, पहिलाभन्दा म कति परिवर्तित भएछु भन्ने कुरा धेरैलाई थाहा हुँदैन।\" नेपाली महिलाहरूको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष बताइएको छ। तर जीवनस्तरमा सुधार आउँदा महिनावारी रोकिने उमेर बढ्दै जाने चिकित्सकहरू बताउँछन्। महिनावारी रोकिएपछि हुने समस्याको समाधानमा भन्दा त्यसको रोकथामका लागि समयदेखि नै उपयुक्त खानपान र व्यायाम गर्नुपर्ने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाशमान श्रेष्ठको सुझाव छ। उनले भने, \"हिँड्नुपर्छ, दौडिनुपर्छ र खेल्नुपर्छ। केरा र ब्रोकाउली जस्ता खानेकुरा खानुपर्‍यो। बिहानको घाममा २० मिनेट जति बस्दा प्रचुर मात्रामा भिटामिन पाइन्छ।\" महिनावारी बन्द भएपछि हुने महिलाको स्वास्थ्य अवस्थाबारे नेपालमा हालसम्म कुनै औपचारिक अध्ययन अनुसन्धान नभएको चिकित्सकहरू बताउँछन्। सरकारी तहबाटै यस विषयमा बहस, छलफल र जनचेतनामूलक कार्यक्रमहरू आयोजना हुनसके बहुसंख्यक महिलाको जीवन सहज बन्न सक्ने उनीहरूको भनाइ छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending