Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

गोपाल किराँती भन्छन्-प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप लगाए । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलनलाई प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गरे । पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाए । झण्डै आठ महिनाको लामो प्रयासपछि हिजो बिहीवार नेपालकै दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले ऐतिहाँसिक पार्टी एकता घोषणा गरेको भोलिपल्टै किराँतीले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । नेता किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतीय शासकसमाू निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । किराँतीले थपे,‘ओलि–प्रचण्ड गठबन्धनको प्रतिक्रन्तीकारी हर्कत विरुद्ध माओवादी एवम् नेपालको बाह्य र आन्तरिक राष्ट्रिय स्वाधिनता पक्षधर सम्पूर्ण शक्तिहरुबीच सम्बाद, संयुक्त आन्दोलन तथा क्रान्तिकारी केन्द्रिकरणको आव्हान गर्दछौं।’ नेकपा (माओवादी केन्द्र), राष्ट्रिय भेला आयोजक समिती प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अबका कामहरु कसरी बढाउने भन्ने एक पत्रकारको प्रश्नमा उनले भने,‘राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिती गठन गर्ने र सर्वहारा वर्गको सेवामा आफ्नो पार्टी सँधै सर्मपित भैरहनेछ र समाजवादी व्यवस्था लागु गर्ने कुरामा हाम्रो जोड छ ।’ विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह गरेका छन् । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उनले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माँग गर्दा उल्टै निश्काषन गरिएको आरोप समेत लगाएका छन् । नेता किराँतीले हिजो एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह समेत गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending