Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

राष्ट्रियसभाको बैठकमा कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे ।

सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारवाही गर्न माग गरे । सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत विकास निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद राधेश्याम अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई दिदैं काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नु परेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद विमला राईले धेरै कानूनसँग संविधान बाझिन सक्ने भएकाले यसको निक्र्यौल गरेर तत्काल नयाँ कानून निर्माण प्रक्रिया अगाडि बढाउन माग गरे । उहाँले उच्चस्तरीय भ्रमणमा सुरक्षाका लागि बाहिरबाट सुरक्षाकर्मी ल्याउनु गलत भएकाले भविष्यमा हुने उच्चस्तरीय भ्रमणको सुरक्षाका लागि सुरक्षाकर्मीलाई विशेष तालीम दिएर भए पनि दक्ष बनाउन माग गरे । सांसद कोमल ओलीले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको, शहरी सडकमा भएको पिचसमेत एक महिनामै भत्किने गरेकाले बजेट खर्च गर्ने नाममा कमजोर निर्माण कार्य नगर्न सरकारको ध्यानाकर्षण गरे । सांसद कविता बोगटीले कर्णालीका धेरै जिल्लाका सदरमुकाममा मात्र बैंक भएकाले स्थानीय जनता समस्यामा पर्ने गरेको हुँदा तत्काल ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न सरकारसंग आग्रह गरे । सांसद रामप्रित पासवानले सीमा अतिक्रमणले नेपाल–भारत सीमा क्षेत्रका जनता समस्यामा परेको उल्लेख गर्दै यसको तत्काल समाधान खोजिनुपर्नेमा जोड दिए । सांसद बलराम बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई प्रभावकारी बनाई हवाई उड्डयनलाई व्यवस्थित र सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याए । यस्तै, सांसद सुरेन्द्रराज पाण्डेले भारतीय सांसदले जनकपुरको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सरकारको आधिकारिक धारणा नआउनु दुःखद भएको बताए । सांसद वृशेषचन्द्र लालले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न तीनै तहमा विद्युतीय प्रणालीबाट काम गर्ने व्यवस्था गर्न माग गरे । सांसद शिवराम विश्वकर्मा र रामचन्द्र राईले विकासे आयोजनालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते ५ः३० बजे बस्ने छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending