Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

\"\"भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे । दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दिर्घकालिन स्वरुप नदेखिएको उनले बताए । उनले रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताए । हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उनले बताए । वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उनले बताए । उनले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए । उनले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटि देखिएको छ यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताए । पञ्चायत जस्तै काँग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकबाद शैलिमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको उनले बताए । बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदि नाला बेच्ने गरेता पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनले बताए । सिंहदरवारको अधिकार स्थानीय तहमा भन्ने भनाई सिंहदरवार भित्रै रहेको र यो चुनावी नाराको आकर्षण मात्र एमाले र माओवादीले बनाएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies