Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

उर्जामन्त्री पुन र चिनियाँ राजदूत भेटः नयाँ सरकारको प्राथमिकता विकास र समृद्धीबारे छलफल

काठमाडौं । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धी रहेको भन्दै त्यसका लागि नेपालमा चिनिया लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरे । मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै विआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे । ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौ, विआरआईअन्र्तगत पनि कैयौ परियोजनामा हाम्रो सहकार्य हुदैंछ, यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ’ मन्त्री पुनले भने । भेटमा उनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि उर्जामन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले आगामी दिनमा जलविद्युत र सौर्य उर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताए । भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखे । ‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौ, त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसंग सहकार्य सुरु गरेको छ’ उपगर्भनर युसिङले भने । उनले सिचुवानमा व्यापार र अध्ययनका लागी थुप्रै नेपालीहरु रहेको भन्दै सिचुवानमा बाणिज्य दुतावास खोलीदिन समेत आग्रह गर्नुभयो । जवाफमा मन्त्री पुनले सिचुवानसंग व्यापार र शिक्षाको साथै हवाई कनेक्टिभीटीले समेत निकटता बढेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिए । उर्जामन्त्री पुन र चिनियां राजदूतबीच भेट उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन र चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नयां सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताए । राजदूत होङले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण हुन लागेको समाचार सुनेको भन्दै त्यसबाट देश विकास र स्थायीत्वमा सहयोग पुग्ने अपेक्षा राखेको धारणा व्यक्त गरेका थिए । उनले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending