Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

उर्जामन्त्री पुन र चिनियाँ राजदूत भेटः नयाँ सरकारको प्राथमिकता विकास र समृद्धीबारे छलफल

काठमाडौं । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धी रहेको भन्दै त्यसका लागि नेपालमा चिनिया लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरे । मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै विआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे । ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौ, विआरआईअन्र्तगत पनि कैयौ परियोजनामा हाम्रो सहकार्य हुदैंछ, यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ’ मन्त्री पुनले भने । भेटमा उनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि उर्जामन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले आगामी दिनमा जलविद्युत र सौर्य उर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताए । भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखे । ‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौ, त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसंग सहकार्य सुरु गरेको छ’ उपगर्भनर युसिङले भने । उनले सिचुवानमा व्यापार र अध्ययनका लागी थुप्रै नेपालीहरु रहेको भन्दै सिचुवानमा बाणिज्य दुतावास खोलीदिन समेत आग्रह गर्नुभयो । जवाफमा मन्त्री पुनले सिचुवानसंग व्यापार र शिक्षाको साथै हवाई कनेक्टिभीटीले समेत निकटता बढेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिए । उर्जामन्त्री पुन र चिनियां राजदूतबीच भेट उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन र चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नयां सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताए । राजदूत होङले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण हुन लागेको समाचार सुनेको भन्दै त्यसबाट देश विकास र स्थायीत्वमा सहयोग पुग्ने अपेक्षा राखेको धारणा व्यक्त गरेका थिए । उनले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending