Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माओवादी–एमाले एकताको यस्तो छ तयारी

काठमाडौं। नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो एकता नेकपा एमाले र माओवादीबिच आज सम्पन्न हुँदैछ । दुबै पार्टीका नेताहरु एकतालाई अनुमोदन गर्न तयारीका कामहरु घनिभुत रुपमा गरिरहेका छन् । संगठन, कार्यदिशा, चुनाव चिन्ह र जनयुद्धका विषयमा रहेको विवाद दुई अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बिच सहमति बनेपछि एकताको तयारी थालिएको हो । ४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् । ४३ जनाको स्थायी समितिमा २५ एमाले र १८ माओवादीका रहनेछन् । जनयुद्ध र जनयुद्धको भुमिकालाई विधान तथा प्रतिवेदनमा उल्लेख गरिनेछ भने चुनाव चिन्ह सुर्य रहने सहमति भएको छ । सहमति अनुसार आज १० बजे बस्ने एकता संयोजन समितिको बैठकले एकतालाई अनुमोदन गर्नेछ भने दुबै पार्टीको १ बजे बस्ने केन्द्रीय समतिले संयोजन समितिको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गर्नेछन् । ३ बजे निर्बाचन आयोगमा नेपा कम्युनिष्ट पार्टी नामक नयाँ कम्युनिष्ट पार्टी दर्ता हुनेछ र बेलुकी ५ बजे पत्रकार सम्मेलन गरी एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ । आज कति वेला के ? बिहान ७ः३० बजे : बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण आज (३ जेठ) जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्नेछन् । बिहान १०ः०० बजे : पार्टी एकता संयोजन समितिबाट एकताको निर्णय प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ। ११ः०० बजे एमाले केन्द्रीय कमिटी १ः०० बजे माओवादी सचिवालय पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् । दिउँसो ३ः०० बजे : दुवै पार्टीको संयुक्त बैठक दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् । दिउँसो ४ः०० बजे : निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ । माओवादी नेता जनार्दन शर्माले बिहीबारै नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने बताए । साँझ ५ः०० बजे : पत्रकार सम्मेलन निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending