Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

ऐतिहासिक गोरखा दरबार ध्वस्त

गोरखाबजार, यही वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले तत्कालीन राजा राम शाहको पालामा बनेको ऐतिहासिक गोरखा दरबार ध्वस्त भएको छ । चार सय वर्ष पुरानो गोरखा दरबार, गोरखनाथ गुफा र कालिकाको मन्दिर भूकम्पले ध्वस्त बनाएको हो । गोरखा दरबारमा राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरुले राज्य गरेको इतिहास छ । ‘जीर्ण भइसकेको दरबार भूकम्प र त्यसपछिका झट्काले ध्वस्त बनायो’, दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले भने, ‘जगदेखि नै दरबारको पुनःनिर्माण गर्नुपर्छ, दरबारको अवस्थाबारे पुरातत्व विभागका इन्जिनियरले अध्ययन गरेर फर्केका छन् ।’ ‘पुरातत्व विभागले तत्कालै गोरखनाथ गुफा बनाउन निर्देशन दिएको छ’, भट्टराईले भने, ‘रकम निकासा भएको छैन, काम सुरु गर्न पाइएन, दरबार ध्वस्त भएर संरचना अलपत्र छ, यस्तो धरापमा भक्तजनलाई कसरी पूजाअर्चनाका लागि अनुमति दिने ?’ मन्दिर क्षेत्र धराप भएकाले भक्तजनलाई पूजा अर्चनाका लागि रोक लगाइएको भट्टराईको भनाइ छ । भूकम्पको झट्काले गोरखा दरबार क्षेत्रभित्र रहेको पशुपति मन्दिर, गुहेश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाईँपाटी र बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी पूर्णरुपमा ध्वस्त भएको छ । साथै उपल्लोकोटमा रहेको वज्र भैरवको मन्दिर, कोटकालीको मन्दिर र तल्लो कोटकालीको मन्दिर भत्केर ध्वस्त भएको दरबारका पुजारीले जनाएका छन् । दरबारअन्तर्गत रहेको बिरिमकाली मन्दिर, आरुघाटको भीमसेन मन्दिर, पदेलीथोकको भीमसेन मन्दिर, बोर्लाङको भीमसेन थापाको पालाको सत्तल, मण्डलीथान मन्दिरलगायत ऐतिहासिक महत्वका मन्दिर तथा संरचना ध्वस्त भएपछि भक्तजनले पूजाअर्चना गर्न पाएका छैनन् । ‘जोखिम मोलेर कतिन्जेल पूजाअर्चना गर्ने ?’, गोरखनाथ गुफाका मुख्य पुजारी प्रदीपनाथ योगीले भने, ‘मन्दिर पुनःनिर्माणका बेला पनि दैनिक पूजा रोकिँदैन ।’ दरबार, गुफाको पुनःस्थापना र मर्मत गर्दा पूजा गरिँदै आएको स्थान परिवर्तन गरेर भए पनि दैनिक पूजा गर्न पुजारीले तयारी गरेका छन् । मन्दिर प्रवेश गर्ने मूलढोकामा सूचना टाँसेर पूजाअर्चनाका लागि रोक लगाइएको छ । भूकम्पपछि मन्दिर तीन इन्च तल भासिएको छ । दरबार क्षेत्र वरपर रहेका ढुङ्गाका पर्खाल भत्केको छ । गोरखा दरबारको आँगन भासिएको छ । डाँडाको टुप्पोमा रहेको दरबारका चट्टान पनि चोइटिएको छ । दरबार, मन्दिर, गुफालगायत शक्ति पीठको पुनःनिर्माण तत्कालै सुरु गर्न पुजारीले सरकारसँग माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending