Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

उर्जामन्त्री पुनले यस्तो निर्देशन दिएका थिए, कुलमानले सहजै लोडसेडिङ मुक्त गरे

काठमाडौं । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।

विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिए ।

मन्त्री पुनको निर्देशन थियो, नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत औद्योगिक क्षेत्रमा विद्युत्भार कटौतीको अन्त्य गरे । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी ग¥यो । कार्यकारी निर्देशक घिसिङका शब्दमा “औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण ग¥याँै । सोही परीक्षणको फलस्वरुप आज हामीले सफलता हासिल गरेका छौँ ।” प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटाँैडा रहेका छन् । यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् । यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ । यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत्भार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भने । खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विद्युत्भार पूर्ण रुपमा अन्त्य गरिएको छ । उनले भने “आजदेखि देशभरको विद्युत्भार कटौती इतिहास भएको छ ।” अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए । प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताए । “सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।” प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे । कम विद्युत् खपत गर्ने उपकरण चलाउन आग्रह  प्राधिकरणले देशभर नै विद्युत्भार कटौतीको अन्त्य गरे पनि परम्परागत प्रसारण प्रणाली तथा बढी विद्युत् माग हुने समयमा प्राविधिक कठिनाइ तथा जटिलताका कारण समस्या आउने भन्दै त्यसमा सचेतता अपनाइदिन आग्रह गरेको छ । प्राधिकरणले ‘बिहान र बेलुकाको बढी विद्युत् माग हुने समयमा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न अनुरोध गरेको छ । उद्योगी–व्यवसायी खुशी  प्राधिकरणले औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीमुक्त घोषणा गरेपछि उद्योगी व्यवसायी खुशी भएका छन् । उनीहरुले आगामी दिनमा औद्योगिक उत्पादन बढ्ने र रोजगारीको अवसरमा बढोत्तरी हुने तथा उत्पादकत्वमा वृद्धि हुने भन्दै हर्षित भएको प्रक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको बताउनुभयो । “हामीले राजनीतिक स्थिरता र विद्युत्भार कटौतीको अन्त्य गर्न लामो समयदेखि माग गर्दै आएका थियौ । ती दुवै माग पूरा भएका छन् । अब औद्योगिक वातावरण बन्छ र आर्थिक विकासको युग पनि प्रारम्भ हुन्छ,” उनले भने । उहाँले प्रसारण तथा वितरण प्रणालीमा सुधार, तथा प्राधिकरणका तर्फबाट गर्नुपर्ने अन्य प्राविधिक कामसमेत समयमै गरिदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका औद्योगिक क्षेत्रमा पनि विद्युत् कटौती नहुने व्यवस्था लागू भएकामा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले नियमित विद्युत् आपूर्ति तथा प्राविधिक रुपमा देखिएका कमी कमजोरीसमेत समयमै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्वअध्यक्ष मुरारकाले विद्युत् जाँदैन भनेर गराइएको विश्वास नै आफैँमा महत्वपूर्ण रहेको बताए । हावाहुरीले दियो तनाव  प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत्भार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ । हावाहुरीका कारण तराइ क्षेत्रमा मात्रै १०० मेगावाट विद्युत्को माग छ । प्राधिकरणका अनुसार महेन्द्रनगरबाट शुरु भएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी र अनारमनीसम्म पुगेको छ । हुरीबतासले बिगारेको विद्युत् प्रणाली मर्मतसम्भार तथा सुधार गर्न सबै क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको र केही स्थानमा समस्यासमेत समाधान भइसकेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending