Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

सुन तस्करलाई सरकारी निकायकै साथः ६ वर्षमा गोरेका ५ पासपोर्ट

काठमाडौं । ३३ केजी सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले ६ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । अभियुक्तहरूको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले मुख्य नाइके चूडामणि उप्रेती, उनका भाइ रमेश र मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ–अनुसन्धानबाट पछिल्ला तीन वर्षमा उनीहरू दर्जनौंपटक दुबई गएको पत्ता लागेको छ । समितिले विमानस्थलस्थित अध्यागमन विभागलाई वैशाख ७ मा पत्र काटेर संगठित सुन तस्करमा संलग्नहरूको ट्राभल हिस्ट्री मागेको थियो । त्यसअनुसार सन् २०१३ यता गोरेले पाँच फरक–फरक पासपोर्टबाट विदेश यात्रा गरेको देखिन्छ । उनले सन् २०१३ मा ०६७२२८९१ नम्बरको तथा २०१४ मा ०७६३६७१९ र ३६०५९३८१ नम्बरको पासपोर्ट प्रयोग गरेका थिए । त्यस्तै फरक–फरक मितिमा उनले ०८४७३४४० र ०७९३६३०३ नम्बरको पासपोर्ट निकालेको पाइएको छ । बारम्बार यात्रा गर्दा छिट्टै पासपोर्टको पाना सकिने भएकाले ६ वर्षमा पाँचवटा पासपोर्ट प्रयोग गरेको देखिन्छ । २०१३ मा निकालिएको ०६७२२८९१ नम्बरको पासपोर्टबाट गोरे एकपटक मात्रै दुबई गएको देखिन्छ । त्यसपछि सन् २०१४ मा दुबई पुगेका उनी एकैचोटि २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्केको देखिन्छ । उच्च स्रोतका अनुसार भारतबाटै दुबई जाने र दिल्ली ओर्लेर स्थलमार्गबाट नेपाल छिर्ने गरेकाले उनी कतिपटक दुबई गए भन्ने रेकर्ड अध्यागमन विभागमा देखिन्न । पछिल्लोपटक सन् २०१६ मा ०८४७३४४० नम्बरको पासपोर्टबाट गोरेले अन्तिमपटक त्रिभुवन विमानस्थल प्रयोग गरेर यात्रा गरेको देखिन्छ । यो पासपोर्टबाट उनले एकपटक मात्रै यात्रा गरेको विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा छ । २०१४ मा निकालिएको ०७६३६७१९ नम्बरको पासपोर्टबाट गोरेले सन् २०१४, १५ र १६ मा दसपटक विदेश आउजाउ गरेको देखिन्छ । गृह स्रोतका अनुसार २०७३ भदौ २ गतेयता गोरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेश गएको देखिन्न । स्रोतका अनुसार स्थलमार्गबाट दिल्ली जाने र त्यहाँबाट सोझै दुबई जाने गरेका कारण गोरेको ट्राभल हिस्ट्री अध्यागमनमा नदेखिएको हो । दुबईमा बसेर संगठित सुन तस्करीमा संलग्न भनिएका र मोरङ जिल्ला अदालतमा फरार अभियुक्तका रूपमा मुद्दा चलाइएका गोरेका भाइ रमेशले पनि अस्वाभाविक रूपमा बारम्बार दुबई आउजाउ गरेको देखिन्छ । २०१४ जुन १८ मा पहिलोपटक दुबई गएका रमेश सन् २०१८ सम्म २१ पटक विदेश गएको र २० पटक स्वदेश फर्केको अध्यागमनको रेकर्डमा छ । पछिल्लोपटक उनी गत फागुन ६ गते दुबई उडेको देखिन्छ । त्यसयता उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर काठमाडौं फर्केको देखिँदैन । संगठित सुन तस्करीमा मुख्य भरियाका रूपमा काम गरेका टेकराज मल्लले सन् २०१७ यता मात्रै ६ पटक दुबई जाने–आउने गरेको देखिन्छ । मल्लले सुन लिनकै लागि आफू प्रत्येक महिनाजसो दुबई गएको बयान दिएका छन् । बयानमा उनले कहिले १५ दिन त कहिले तीन दिनकै फरकमा सुन लिन दुबई गएको बताएका थिए । यसैबाट बुझिन्छ, बारम्बारको उनको दुबई यात्रा सुन लिनकै निम्ति हुन्थ्यो । त्यस्तै मोहम्मद उस्ताद मियाँ तीनपटक दुबई गएको ट्राभल हिस्ट्री देखिन्छ । छानबिन समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । अभियोगपत्रमा २०१५ को जुलाईयता ५ सय २१ पटक सुन ल्याइएको उल्लेख छ । विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाले बयानक्रममा प्रत्येक साताको अन्तरमा एकचोटि सुन आउने गरेको बताएका छन् । यस्तै प्रवृत्ति अघिल्लो ३३ किलो ५ सय ग्राम संगठित सुन तस्करीको घटनामा पनि देखिएको थियो । अनुसन्धानमा ब्युरोले विष्णुप्रसाद सुवेदी र सन्तोष काफ्लेलाई शंकाको घेरामा राखेको थियो । १७ महिनाको अवधिमा काफ्ले १९ पटक र सुवेदी १ सय ८ पटक काठमाडौं–दुबई आउजाउ गरेको तथ्य अनुसन्धानमा खुलेको थियो । उक्त घटनामा काफ्ले पक्राउ परे भने सुवेदी फरार नै रहे । अध्यागमनकै कमजोरी यसअघिको साढे ३३ केजी र अहिले हराएको भनिएको ३३ केजी दुवै सुन तस्करीमा उस्तै प्रवृत्ति देखिन्छ । त्यो हो, तस्कर सञ्जालका सदस्यको निर्देशनका केही सीमित व्यक्ति बारम्बार सुन ओसार्न दुबई जानु । कतिसम्म भने केही अभियुक्त त सातामै दुई–तीनपटक दुबई पुगेको देखिन्छ । तर अस्वाभाविक रूपमा बारम्बार विदेश जानेहरू विमानस्थलस्थित अध्यागमनको शंकाको घेरामा किन पर्दैनन् ? विमानस्थल अध्यागमन अधिकारीका अनुसार अध्यागमनले प्रयोग गरिरहेको इमी सफ्टवेयरले व्यक्तिको नाम इन्ट्री गर्नेबित्तिकै ट्राभल हिस्ट्री देखाउँदैन । अध्यागमन अधिकारीहरूले बारम्बार विदेश जाने व्यक्तिलाई शंकास्पद नजरले हेर्दैनन् र त्यसबारे प्रहरीलाई जानकारी गराउने चलन पनि छैन । केन्द्रीय अनुसन्धान ब्युरो वा प्रहरीका अन्य इकाईले व्यक्तिको नाम र पासपोर्ट नम्बर टिपाएपछि मात्रै अध्यागमन अधिकारीले तिनीहरूलाई यात्रा प्रतिबन्ध लगाउन सक्छन् । साढे ३३ किलो सुन तस्करीपछि एउटै व्यक्ति बारम्बार विदेश जाँदा तिनलाई शंकाको घेरामा राख्न सकिने प्रणाली विकास नगरिएकाले उस्तै प्रवृत्ति पछिल्लो घटनामा समेत दोहोरिएको छ । अध्यागमनका एक अधिकारी भन्छन्, ‘कमजोर सफ्टवेयर र प्रहरी र अध्यागमन अधिकारीको बलियो समन्वयको अभावमा शंकास्पद व्यक्तिहरू निगरानीभन्दा बाहिर हुने गरेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending