झापा । नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । यस व्यवसायबाट महिलाले मनग्य आम्दानी हुने देखेपछि पछिल्लो समय जिल्लामा ब्युटी पार्लर व्यवसाय गर्ने महिलाको संख्या बढ्दै गएको छ । ‘ब्युटी पार्लर’ व्यवसाय सञ्चालन गरेर अहिले झण्डै पाँच हजार महिला स्वरोजगार बनेका छन् । उनीहरु दैनिक न्यूनतम् रु पाँच हजार आम्दानी गर्न सफल भएका छन् । भद्रपुरमा श्रद्धा ‘ब्युटी पार्लर’सञ्चालन गरिरहनु भएकी सरस्वती लिम्बूले अहिले घरखर्च मात्र चलाउनुभएको छैन, उहाँले आफ्ना छोराछोरीलाई काठमाडौँमा नाम चलेका बोर्डिङमा पढाउँदै हुनुहुन्छ । पच्चीस वर्षअघिदेखि ‘ब्युटी पार्लर’ सञ्चालन गर्नुभएको उहाँले शुरुका दिनमा एक÷दुई सय रुपैयाँ मात्र आम्दानी गरेपनि अहिले दैनिक रु पाँच हजारसम्म कमाउँदै हुनुहुन्छ । लिम्बूले भन्नुभयो– “शुरु–शुरुमा यस व्यवसायमा कमाइ हुँदैन थियो, विस्तारै कमाइ हुन थालेको छ । अहिले यस व्यवसायबाट म सन्तुष्ट छु ।” उहाँले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ यस्तै, विर्तामोडमा ‘लिफन ब्युटी पार्लर’ की सञ्चालिका आशा शर्मा लिम्बूले विगत दश वर्षदेखि यही व्यवसाय अगाल्नुभएको छ । यस व्यवसायबाटै उहाँले अहिले दैनिक रु पाँच हजारभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ । “एउटा याममा रु २० हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । आफूले ब्युटी पार्लर व्यवसाय शुरु गर्दा त्यत्ति प्रतिस्पर्धा नभए पनि अहिले तीव्र प्रतिस्पर्धा भइरहेको शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यस पेशाप्रति आकर्षण बढ्दै गएको छ ।” ब्युटी पार्लर सम्बन्धी तालीम लिएर व्यवसाय शुरु गरेको शर्माको भनाइ छ । उहाँ अहिले झापा प्राविधिक शिक्षालयमा प्रशिक्षकको समेत काम गर्दै आउनुभएको छ । ब्युटी पार्लर व्यवसाय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले तालीम लिएर दक्षता हासिल गरेर प्रवेश गर्नु उचित हुने शर्मा बताउनुहुन्छ । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा ब्युटी पार्लर सञ्चालन गर्दैआउनुभएका भीमा बस्नेतले आफू स्वरोजगार बन्दै अरुलाई समेत रोजगार दिलाउनुभएको छ । उहाँले बुधबारेमा सरस्वती ब्युटी पार्लर सञ्चालन गरेको दश वर्ष भएको छ । उहाँको पनि कमाइ अरुको भन्दा कम छैन । उहाँ भन्नुहुन्छ– “अहिले रु पाँच हजारसम्म दैनिक कमाइ हुने गरेको छ । घरखर्च ब्युटी पार्लर व्यवसायबाटै चलेको छ, श्रीमान्को कमाइको भर पर्नु परेको छैन ।” शुरुमा आफैंलाई मात्र काम लाग्ला भनेर शुरु गरेको उहाँको व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । सुन्दरता हरेक मानवको रुचिको विषय हो । हरेक मानिस आकर्षक देखिन चाहन्छ । तसर्थ महिला स्वरोजगारको गतिलो माध्यम बनेको यस व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सीप र तालीम प्रदान गर्न सके स्वदेशमै महिलाले मनग्य आम्दानी गर्न सक्छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: