Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अन्नपुर्ण एग्रोको दाना किन्दै हुनुहुन्छ भने होसियार ! न्युन गुणस्तरको भेटियो

भैरहवा । अन्नपुर्ण एग्रो इन्डस्ट्रीज प्रा.ली. रुपन्देही बाट उत्पादित दाना गुणस्तरहिन रहेपछि कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलिले निरिक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहिन रहे पछि मुद्धा दायर गरिएको हो । एग्रोले बोईलर, कोईलर र लेयरस कुखुराको दाना उत्पादन गर्दछ । उत्पादिन दाना मापदण्ड भन्दा कमसल भएपछि कार्बाहिको लागी मुद्धा दायर गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जानाकारी दिएको छ । एग्रोले अन्नपुर्ण प्लेट फीड, कोपिला प्लेट फीड र उर्बार प्लेट फीड ब्राडका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दानाहरु काठमान्डौ, पोखरा, चितवन, हेटौडा, रुपन्देही लगाएतका जिल्लामा जाने गरेको छ । देशका बिभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहिन देखिए पछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा हाने गुणस्तरमा अनुसन्धान गरी कार्बाही प्रकृया अगाडी बढाएको हो । नेपालको कानुनमा न्युनस्तरको खाद्य पर्दाथ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवाना का साथै १ बर्ष सम्मको कैद व्यवस्था गरेको छ भने यसै कसुरमा कालोवजारी ऐन अनुसार २ बर्ष सम्मको कैद हुने प्रावधान रहेको छ । आर्थिक बर्ष २०७४। ०७५ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले हाल सम्म १० वटा उद्योगहरुलाई गुणस्तर हिन र लेवल नभएको अनुसन्धानमा प्रमाणीत गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरेको हो । गुणस्तरहिन उत्पादन गरेको र लेवल नलगाएका २५ वटा उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानाकारी दिए । राईका अनुसार – रुपन्देही, तनँहु र पोखराका उद्योगहरु कार्बाहीका लागी मुद्धा दायर गरिएको, दुई दर्जन उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको र बजार अनुगमन लाई तिब्रताका साथ अगाडी बढाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देहीमा सञ्चालित प्रशिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाईनरी तथा आयल इन्डस्ट्रिज , दुर्गा मोर्डन आयल मिल , साई प्याकेजिङ उद्योग लाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको खाध्य अधिकृत निरज कटुवालले जानाकारी दिए । कार्यालयले सुजल डेरी प्रा.ली. पोखरा र प्रेम बहादुर गुरुङ टेड्रस तनँहुलाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आफ्नो चौमासीक प्रतिबेदनमा साविकको पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा पसल, होटल, रेष्टुरेण्ट, मिठाई पसल र खाध्य उद्योगहरु, प्रशोधित पिउने पानी उद्योग, प्याकेजिङ उद्योगहरुमा निरन्तर अनुगमन गर्दै आई रहेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies