Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue

बुद्ध मूर्ति बिक्री गर्न हिँडेका तीनजनालाई चोरी मुद्दा

नुवाकोट । बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो । अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार नुवाकोट प्रहरीलाई बुझाएको थियो । यहाँको प्रहरीले अनुसन्धान गर्ने क्रममा मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । बुद्धको मूर्ति ओसारपसारमा संलग्नलाई पुरातात्विक ऐनअनुसार कारबाही हुने भएपनि पुरातत्व विभागमार्फत पहिचान गराउन बाँकी रहेकाले तत्काल चोरी अभियोग लगाइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त मूर्ति उनीहरुले चोरी गरी बिक्रीको लागि लैजाँदै गरेको प्रहरीको दाबी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending