Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

 

सुर्खेत । कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार १० जिल्लाका ३६ प्रतिशत मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेका छन् । प्रदेशमा ७३ प्रतिशत गर्भ जाँच गराउन स्वास्थ्य संस्थामै पुगे पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेको मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । गर्भवती जाँच र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा जाने क्रममा आशातीत सुधार भने भएको छैन । स्वास्थ्य संस्थामै पुगेर सुत्केरी नहुँदा प्रदेशमा प्रतिएक हजारमा शिशु मृत्युदर २९ र प्रतिएक लाख जीवित जन्ममा मातृ मृत्युदर २२ भएको महाशाखा प्रमुख शाहीले जानकारी दिए । उनका अनुसार नवजात मृत्युदर ४७ र प्रतिएक हजारमा पाँच वर्षमुनिका शिशुको मृत्युदर ५८ छ । औसत आयु ६५ वर्ष रहेको प्रदेशमा बालबालिका र प्रजनन उमेरका महिलाले पोषण नै नपाउने गरेको प्रमुख शाहीको भनाइ छ । प्राकृतिक विपद्ले सिर्जना हुने मानवीय, आकस्मिक स्वास्थ्य समस्या तथा नयाँ नयाँ रोग देखा परिरहेका छन् । अर्बुदरोग, सडक दुर्घटना र मानसिक समस्या भने प्रदेशमा बढ्दो क्रममा छ । गुणस्तरीययुक्त औषधि प्राप्तिमा जनताको पहुँच, अत्यावश्यक औषधि र उपकरणको प्रभावकारी उपकरण तथा वितरण प्रणाली राम्रो हुन नसकेको मन्त्रालयले बताएको छ ।

पूर्ण सरसफाइसम्बन्धी सचेतीकरण  सुर्खेतमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पूर्ण सरसफाइसम्बन्धी सचेतना दिलाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभागअन्तर्गत वातावरणीय सरसफाइ शाखाको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा नेपाल दलित तथा जनजाति विकास केन्द्र (कोडेड नेपाल) सुर्खेतले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पूर्णसरसफाइसम्बन्धी सचेतीकरण कार्यक्रम सञ्चालन गरेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नारायण विकले जानकारी दिए । कार्यक्रममा खानेपानी तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका फोकल पर्सन जीतबहादुर सारु र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधिले वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउनका लागि व्यक्तिगत रुपमा सबै आफँैबाट परिवर्तन हुनुपर्ने तथा टोल, बस्ती र वडास्तरबाट नै पूर्ण सरसफाइयुक्त र वातावरणमैत्री बस्ती, टोल, वडा निर्माणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसमा गैरसरकारी संस्थाले समेत सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending