Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

यातायात व्यवस्था विभागको 'एक्सन': गाडी नचलाउनेको अाजै रूट पर्मिट खारेज गर्ने

काठमाडाैं । सिन्डीकेटको विरोधमा यातायात बन्द गराएका व्यवसायीमाथि सरकारले कडा एक्सन लिने भएको छ । यातायात व्यवस्था विभागले सिन्डिकेटको पक्षमा आज गाडी नचलाउने व्यवसायीका रुट परमिट खारेज गर्ने बताएको छ । यातायात व्यवस्था विभागले देशभर गाडी नचलाउनेहरुको तथ्यांक संकलनको काम गरिरहेकाले विभागले आजै रुट परमिट खारेज गर्ने भएको हो । विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा माग गरेको र सबै लगत आइसकेपछि आजै बेलुका विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्ने बताएका छन् । विभागले यस अगाडि नै गाडी नचलाए एक दिनमै रुट परमिट खारेज गर्ने र नयाँलाई पनि त्यहीदिन पर्मिट दिने निर्णय गरेको थियो । विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए । उनले यातायात विभागले रुट पर्मिट खारेज गरेपछि के गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । यसअघि गृह मन्त्रालयले गाडी नचलाए जफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो । सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending