Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जाँदैछन् मोदी

पोखरा । प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ र वरपरका हिमाली दृश्यले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरेको छ नै, यी स्थल अतिविशिष्ट व्यक्तिको पनि भ्रमणको गन्तव्य बन्दै आएका छन् । विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा अघि बढेको छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा पनि बिताउने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ । प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरे पछि उहाँ केही समय पोखरा आउने कुरा सँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । “मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने भन्ने कुरा आएको छ,” – उनले भने । मोदी आउने कुरासँगै भारतीय पेन्सन क्याम्पले वरपरको सरसफाइ गर्न शुरु गरिसकेको छ भने मुस्ताङमा तयारीलाई तीव्र बनाइएको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सदस्य सचिव रहनुभएको सात सदस्यीय समिति गठन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । उहाँका अनुसार उक्त समितिका सल्लाहकारमा बहालवाला सांसद, जिल्ला समन्वय समितिका सभापति, पूर्व सांसद एवं मन्त्री रहनुभएको छ । समितिको संयोजनमा सरसफाइलगायत स्थानीय व्यवस्थापनका काम अघि बढिरहेको उनले जानकारी दिए । मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम शुरु गरिसकेको छ । प्रधानमन्त्री मोदी मुक्तिनाथको दर्शन गर्न आउने भएपछि स्थानीयवासी निकै हर्षित बनेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जाानकारी दिए । “भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ,” उनले भने । , “अतिविशिष्ट पाहुनाको भ्रमण यहाँका लागि महत्वपूर्ण विषय हो ।” मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री मोदी पोखरा आउने विषयले यतिखेर पोखराको सरगर्मी पनि बढेको पाइन्छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये आगामी वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नुभएको भ्रमण सबैभन्दा पछिल्लो हो । इतिहासका पाना पल्टाउने हो भने यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले भ्रमण गर्नुभएको पोखरामा सन् १९६३ मा भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले पनि यहाँको भ्रमण गर्नुभएको पाइन्छ । २०७२ चैत १ गतेदेखि ४ गतेसम्म पोखरामा सञ्चालित सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन० मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुनाले निकै अभिरुचीपूर्वक हेरिएको पोखरामा र त्यसको लगत्तै बेलायती राजकुमार ह्यारी २०७३ जेठ ८ गते पोखरा आएका थिए । सार्क मन्त्रिपरिषद्को बैठकमा आएका सार्क राष्ट्रका विशिष्ट पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेका थिए । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भगवानले फुर्सदमा बनाएको ठाउँका रुपमा पोखराको चर्चा गरेका थिए । राजकुमार ह्यारीको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १९ गते पोखरा आएका थिए । छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको शुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताएका गिए । वैशाख २८ नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनसँगै पोखरामा हुने भनिएको आगमनले समग्र प्रदेश नं ४ कै धार्मिक एवं पर्यटकीय महत्वलाई बढाउने पर्यटन संबद्ध व्यवसायी बताउँछन् । विश्वमा नै उदीयमान राष्ट्रका रुपमा रहेको भारतका प्रधानमन्त्रीको यस क्षेत्रको भ्रमणले विश्व पर्यटन बजारमा महत्वपूर्ण स्थान राख्ने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले बताए । “प्रधानमन्त्री मोदीको यस क्षेत्रको भ्रमण हाम्रा लागि गौरवको विषय हो,” पराजुलीले भने, “उहाँको भ्रमणलाई भव्य र सभ्य बनाउनु पर्छ, यसमा कुनै कमी कमजोरी हुन दिनुहुँदैन ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending