Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

काठमाडौं । जुरे पहिरो, ‘गोरखा भूकम्प’ र भोटेकोशीमा अाएको बाढीका कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण शुरु गर्ने सम्झौता भएको हो । चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सिआरसिसी) ले आजैदेखि निर्माण शुरु गर्ने र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । भूकम्पले क्षति पु¥याएका कारण सो सुक्खा बन्दरगाहको निर्माण रोकिँदै आएको थियो । भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो । तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो । यातायात विकास समितिका कार्यकारी निर्देशक बस्नेतका अनुसार तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । सो कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिने छ । सो परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बस्नेतले जानकारी दिए । आयोजनास्थलमा चिनियाँ निर्माण व्यवसायीले पहुँचमार्ग, आवासगृह तथा अन्य निर्माणपूर्वको काम गरिरहेको थियो । द्विपक्षीय सम्झौता भएपछि बन्दरगाह निर्माणको काम नै शुरु भएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पुनः निर्माण गर्नुपर्ने भएको छ । हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित हुने र एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको छ । कार्यकारी निर्देशक बस्नेतले सुक्खा बन्दरगाह निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहजीकरण तथा अन्य भौतिक सहयोगसमेत उपलब्ध गराइने विश्वास दिलाए । चीन सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने विश्वास दिलाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन पहिले गरेको चीन भ्रमणका क्रममा समेत सो नाका सञ्चालनको विषयमा छलफल भएको थियो । सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ । गत चैत १ गते अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच भौगर्भिक विपद् व्यवस्थापन परियोजना सञ्चालन र निर्माणलाई निरन्तरता दिने विषयमा सहमति भएबमोजिम चिनियाँ पक्षले तातोपानी सुख्खा बन्दरगाहको दोस्रो चरणको काम अघि बढाउन चीन रेल्वे १४औँ ब्यूरो ग्रुप कम्पनी लिमिटेडलाई परियोजनाको मुख्य ठेकेदार तथा बेइजिङ आर्किटेक्चर डिजाइन इन्स्टिच्यूट कम्पनी र सेन्याङ सुुपरभिजन एण्ड कन्सल्टेन्ट कम्पनीलाई आयोजना व्यवस्थापक कम्पनीका रुपमा छनोट गरिएको थियो । सो परियोजनाको कूल लागत करीब रु दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ । तातोपानी सुक्खा बन्दरगाहको पुनःनिर्माण सम्बन्धमा दोस्रो चरणको काम अगाडि बढाउने सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रिस्तरीय निर्णय गरी यायाताय विकास समितिलाई निर्देशन दिएका थिए । नेकपा (माओवादी केन्द्र)का नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अग्निप्रसाद सापकोटाले सुख्खा बन्दरगाहको निर्माण शुरु भएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको बताउँदै नाका बन्दा हुँदा हजारौँको रोजगारी गुमेको, राष्ट्रिय राजश्वमा समेत क्षति पुगेको र व्यापार व्यवसायमा समस्या पैदा भएको अवस्थामा बन्दरगाह पुनः निर्माण हुने विषयले सिन्धुपाल्चोकवासीलाई खुशी तुल्याएको बताए । नेता सापकोटाले स्थानीय गाउँपालिका, स्थानीयवासी, राजनीतिक दल तथा नागरिक समाजले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्ने र दुई देशको सम्बन्धलाई थपमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाए । नेपाल चीन सीमा जोड्ने मितेरी पुलबाट करीब ७ किमी तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो । करीब ९० रोपनी क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending