Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

यस्तो होला भन्ने सोचेको पनि थिइँन भन्दै प्रचण्ड भावुक बनेपछि...

काठमाडाैं । बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका छन् । मंगलबार विहान अस्पताल पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी हेडक्वार्टर बैठकमा देवकोटासँगको भेटको कुरा सुनाएका छन् । बैठकमा प्रचण्डले भने, ‘डा देबकोटा अहिले ‘उपचारमा हुनुहुन्छ, मैले उहाँलाई भर्खरै भेटेर आएँ । उहाँले एमाले–माओवादी केन्द्रबीच एकता भएको देख्न चाहन्छु भन्नुभएको छ । उहाँको चाहना हामीले पुरा गर्नुपर्छ ।’ देवकोटाले प्रचण्ड देख्ने बित्तिकै भावुक बने र प्रचण्ड पनि उनको त्यो हालत देखेर त्यसै भावुक बनिहाले । प्रचण्डसँग केही समय कुरा गर्दै डा देवकोटाले भने, ‘प्रचण्डजी, बेलायतमा मेरो उपचार सम्भव नभएपछि आफ्नै देशमा प्राण त्याग्छु भनेर नेपाल फर्केको हुँ ।’ देवकोटाको भनाई सुन्दै प्रचण्ड छाँगाबाट खसेजस्तै भए र तत्काल जवाफ फर्काइहाले, ‘यस्तो होला भन्ने मैले सोचेको पनि थिइन, तपाईंले नै यस्तो भन्नुभयो, पत्याउनै  । तर तपाईंलाई यस्तो होला भन्ने कुरा मैले कल्पना नै गरेको थिइन । यस्तो होला भन्ने मैले सोचेको पनि थिइन ।’ प्रचण्डले डा देवकोटाको भनाई जोड्दै पार्टी एकताबारे हेर्डक्वार्टर बैठकमा ब्रिफिङ गरे । प्रचण्डले भनेका थिए, ‘पार्टी एकता गर्न लाग्नुभएको छ, एकतापछिका चुनौतिहरु थुपै्र छन्, तर एमाले–माओवादी केन्द्रबीचको एकताबाट मुलुकमा केही गर्न सकिने राम्रो सम्भावना छ, जति चाँडो एकता गर्नुपर्छ, म एमाले–माओवादी केन्द्रबीचको एकता भएको आफैले देख्न चाहन्छु, त्यसै भएर गत चुनावमा म वामगठबन्धनलाई जिताउन खटिएको हुँ ।’ डा. देबकोटाले एकता प्रक्रिया छिटो टुङ्ग्याउन आग्रह गर्दै भने, ‘नेपालका सबै कम्युनिष्टहरुबीच एकता होस्, देश अग्रगमनतिर जाओस्। मेरो अन्तिम चाहना यही हो ।’ पार्टी छिटो एकता होस् भन्ने डा. देबकोटाको चाहना बुझेपछि प्रचण्डले भने, ‘ओलीजी र म छलफल गरेर अगाडि बढेका छौं। निश्चिन्त रहनोस, एमाले–माओवादी केन्द्रबीच एकता हुन्छ।’ त्यसपछि डा देबकोटाले आफूले स्थापना गरेको न्यूरो अस्पतालका बारेमा कुरा गरे । भने, ‘तपाईंकै अविभावकत्वमा यो अस्पताल यहाँसम्म आइपुगेको हो, म रहेपनि नरहेपनि यो अस्पताललाई तपाईंको अविभावकत्व चाहिन्छ ।’ प्रचण्डले जवाफ दिए, ‘सकेको सहयोग गरेको छु । फेरिपनि गरौंला ।’ डा. देबकोटालाई भेट्न प्रचण्ड पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस संयोजक बिष्णु सापकोटासहित बाँसबारी पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending