Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रचण्ड भन्छन्-शनिबार पार्टी एकताको मिति घोषणा !

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ-‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायतका विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले भने । बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए । प्रचण्डको भनाइ उल्लेख गर्दै नेता गणेश शाहले सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताए । ‘पार्टी एकता भएपछि एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन,’ शाहले भने, ‘सम्मानजनक न्यायोचित र समानताका आधारमा एकता हुन्छ ।’ एकताका लागि धेरै विषय मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए । ‘पार्टी एकताको मिति छिट्टै घोषणा हुँदै छ ।’प्रचण्डको भनाइ उल्लेख गर्दै शाहले भने, ‘म केन्द्रीय समितिमा परिनँ, म पोलिटब्युरोमा परिनँ, म स्थायी कमिटीमा परिनँ भनेर दुखेसो नगर्नुहोला । एकता गरेर समाजवादी क्रान्ति गर्नुपर्ने भएकाले केही विषयमा कम्प्रोमाइज गर्नु पनि पर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending