Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

काठको सरकारी मूल्य प्रतिघनफिट ८ सय, बजार मूल्य ६ हजार ५ सय

काठमाडौं । सरकारी मूल्यअनुसार सालको गोलिया काठप्रति घनफिट रु ८०० छ, तर सोही काठ चिरानपछि बजारमा झण्डै रु ६ हजारका दरले बिक्री हुन्छ । महालेखापरीक्षकको कार्यालयले काठ दाउराको मूल्यमा द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड, प्रचलित बजार दर र वन नियमावली, २०५१ को मूल्यांकनबीच ठूलो अन्तर देखिएको भन्दै बजार मूल्यसमेतलाई आधार लिई लिलाम बिक्री गर्न सुझाएको छ ।

वन नियमावलीको नियम ९ को अनुसूची २ बमोजिम सरकारी काठको न्यूनतम मूल्य कायम गरी लागत अनुमान तयार गरी काठ दाउरा लिलाम र मूल्यांकन गर्ने व्यवस्था छ । उक्त नियमावलीले साल, सिसौं र ओखर तीन प्रजातिका काठको मूल्य प्रति घन फिट क्रमशः रु ८००, ६०० र ३०० तोकेकोमा टिम्बर कर्पोरेशनको मूल्य क्रमशः रु एक हजार ४७१, एक हजार ६७३ र ८५३ छ । तर प्रचलित बजार मूल्य भने क्रमशः रु ६ हजार ५००, ६ हजार २०० र एक हजार ५०० रहेको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७३/०७४ को प्रतिवेदनले उक्त मूल्यबीच ठूलो अन्तर देखिएको औंल्याएको हो । कर्पाेरेसनले हाल सालको गोलिया काठ प्रति घनफिट न्यूनतम् रु एक हजार ४७१ मा र चिरान गरी अधिकतम् रु तीन हजार ५४० मा बिक्री गर्दै आएको जनाएको छ । नियमावलीको व्यवस्था र कर्पाेरेसनबीच काठको मूल्यमा देखिएको अन्तरका सम्बन्धमा कर्पाेरेसनका महाप्रबन्धक राजु लौडारीले वन नियमावलीले उल्लेख गरेको मूल्य गोलिया काठको राजश्व भएको स्पष्ट गर्दै भने “हामीले काठ कटान र ढुवानी खर्च, प्रशासनिक खर्च तथा नाफा जोड्दा नियमावलीमा उल्लेख मूल्य भन्दा निश्चित रुपमा बढी हुन्छ ।” प्रतिवेदनले औंल्याएको प्रचलित बजार मूल्य चिरान काठको भए पनि सरकारी मूल्यको तुलनामा निकै बढी हो । काठ व्यवसायीले भने बिचौलिया र सरकारबाट कुनै सुविधा नपाएका कारण सरकारी मूल्यको तुलनामा प्रचलित बजार मूल्य बढी भएको तर्क गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्याम ढकालले बिचौलियाका कारण काठको मूल्यमा प्रति घन फिट एक हजारसम्म मूल्य बढेको बताए । अध्यक्ष ढकालले प्रतिवेदनले औंल्याएको अनुसार बजार मूल्य नभएको खण्डन गर्दै हाल सालको काठ प्रति घन फिट रु पाँच हजारको हाराहारीमा बिक्री भइरहेको जानकारी दिए । महासंघले आफ्ना व्यवसायीबाट नै हाल ९५ प्रतिशत काठ दाउरा आपूर्ति भइरहेको जनाएको छ । व्यवसायीहरुले कर्पाेरेसन सरह सरकारी सुविधा पाए कर्पाेरेसन भन्दा सस्तोमा काठ बिक्री गर्ने दाबी  गर्र्दै आएका छन् । मुलुकभित्रको काठ उच्च मूल्यमा बिक्री हुन थालेपछि हाल बजारमा विदेशी काठको कारोबार निकै बढेको छ । अध्यक्ष ढकालले विदेशी काठको आयात रोक्न त्यससम्बन्धी तयार भएको मापदण्ड निर्देशिका कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । भूकम्पपीडितलाई माग अनुसार काठ अपुग  भूकम्पपीडितका लागि काठ उत्पादन तथा आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२ बमोजिम भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउने व्यवस्था छ । गत आवमा २५९ भूकम्पपीडित परिवारले काठ माग गरेकोमा ७३ परिवारले मात्र काठ प्राप्त गरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । उक्त तथ्यांकले मागको आधारमा २१ प्रतिशत मात्र काठ उपलब्ध गराएको देखिन्छ । कर्पाेरेसनका महाप्रबन्धक लौडारीले २०७४ साल जेठबाट मात्रै भुकम्पपीडितलाई काठ वितरण गर्न शुरु गरेकाले उक्त प्रतिवेदनमा कम परिणाम देखिएको बताए । कर्पोरेसनमा हालसम्म करिब दुई हजार भूकम्पपीडित परिवारले काठ मागका लागि निवेदन दिएका छन् । त्यसमध्ये ९०६ भूकम्पपीडित परिवारलाई ४४ हजार ४७८ घन फिट काठ उपलब्ध गराइसकेको उहाँले जानकारी दिए । यस बाहेक कर्पाेरेसनले मठ मन्दिर र पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि झण्डै सात हजार घन फिट काठ वितरण गरिसकेको जनाएको छ । कर्पाेरेसनले काठमाडौँ उपत्यकामा मात्र भूकम्पपीडितलाई काठ वितरण गर्दै आएको छ भने अन्य जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिमार्फत काठ वितरण भइरहेको छ । निर्देशिका अनुसार भूकम्पपीडितलाई कर्पाेरेसनले सहुलियत मूल्यमा गोलिया काठ प्रति परिवार ७५ घनफिट र चिरान काठ प्रतिपरिवार ५० घनफिट उपलब्ध गराउनुपर्ने प्रावधान छ । भूकम्प पीडितलाई काठ वितरण गर्न टिम्बर कर्पोरेशनलाई वन मन्त्रालयले गत आवमा एक लाख ५५ हजार ३२८ घन फिट काठ उपलब्ध गराएकोमा उक्त काठ हालसम्म वितरण भइरहेको कर्पाेरेसनले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending