Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

क्रान्तिकारीले रामपुर पुगेर मनायो ३३ औं मित्रमणी दिवस

भरतपुर। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ। चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो। आज क्रान्तिकारीको केन्द्रीय समितिद्वारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय स्थापना गर्ने घोषणा गरे। तामाङले मित्रमणी आचार्यको सालिक संगै रामपुर क्याम्पस पढ्ने जनयुद्धका सहिद मुकुन्द न्यौपाने र रामवहादुर खड्काको सालिक वनाई निर्माणाधिन स्मृति वाटिकालाई पुर्णता दिने समेत घोषणा गरे। प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा २०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए। उनी पछि २०४१ सालमा रामपुर कृषि क्याम्पसको पनि स्ववियु सभापति निर्वाचित भएका थिए। आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा खुकुरी,भाला प्रहार गरी क्रुरतापुर्वक हत्या गरिएको थियो।सोही दिनलाई नेपालका वामपन्थी विद्यार्थी संगठनहरुले मित्रमणी दिवसको रुपमा मनाउँदै आएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। स्मृति सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य यामवहादुर परियार , कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति एवम् सहिद मित्रमणीका गुरु प्रा.डा.ईश्वरीप्रसाद ढकाल, मित्रमणीका सहपाठी टीका पोखरेलले उनको संघर्षशील जीवनको चर्चा गरेका थिए। कार्यक्रममा क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्ष विजय गौतम,उपमहासचिव जिपि मैनाली र रामपुर क्याम्पसका अध्यक्ष नगेन्द्र दाहालले राष्ट्रियता,लोकतन्त्र र विद्यार्थी हकहितको पक्षमा निरन्तर लागिरहनु नै मित्रमणी आचार्यप्रति सच्चा श्रद्धाञ्जली हुने वताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending