Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

संघीय एकाइलाई प्रदेश सरकार मातहत ल्याउन माग

सुर्खेत । संघीय सरकारका एकाइलाई प्रदेश सरकारको मातहतमा ल्याउन कर्णालीका सांसदले माग गरेका छन् । स्थानीय वीरेन्द्रनगरमा आज केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको स्थानीय तहमा स्वास्थ्य अभिमुखीकरण तथा प्रदेशस्तरीय स्वास्थ्य नीति, कानून तर्जुमासम्बन्धी छलफल कार्यक्रममा प्रदेशसभा सदस्य यामलाल कँडेलले संघीय सरकारका तल्लो तहका कार्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याउन संघीय तथा प्रदेश सरकारसँग माग गरेका हुन् । ‘प्रदेशमा काम गर्न समस्या छ, बीचमा प्रदेश सरकार छ तल र माथि अर्कै सरकार छ, कर्मचारी केन्द्रीय सरकारले चलाउने गर्छ,’ उनले भने ‘कर्मचारी तथा संरचना नहुँदा प्रदेशका कामकारवाहीमा समस्या भएको छ ।’ प्रदेश सरकारलाई संघीय सरकारका एकाइ हस्तान्तरण नगरेर समस्या बनाइएको भन्दै कँडेलले समृद्ध प्रदेश बनाउन तत्काल तल्लो तहका कार्यालय प्रदेश सरकारको मातहतमा दिनुपर्ने बताए । सरकार बनेको लामो समय बितिसक्दा पनि प्रदेश सरकारको मातहतमा कर्मचारी तथा संरचना आएका छैनन् । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिमबहादुर शाहीले सरकारले कर्णालीको स्वास्थ्य नीतिको सुझावका लागि कार्यक्रम गरेको भए पनि सुत्केरी स्याहार, हातमुख धुनेलगायतका सामान्य प्रस्तुतिकरण गरेर सरकारले बजेटमात्र खर्च गरेको आरोप लगाए । नेकपा (माओवादी केन्द्र)का ठम्मर विष्टले केन्द्रबाट लाखौँ रकम ल्याउने र जनतालाई बुझाउनुपर्ने कुरा सांसदलाई कार्यक्रमको नाममा खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: