Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरीः शेरबहादुर देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए । देउवाले प्रदेश नं ७ विकासका धेरै सम्भावना रहेको क्षेत्र भएकाले विकासका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए । विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविसको आर्थिक सहयोग र तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटसमेत गरी कूल दुई करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । कार्यक्रममा निर्माण समितिका कृष्ण खड्काले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन तले उक्त भवनमा २६ कोठा रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यस क्याम्पसमा एक हजार २०० विद्यार्थी रहेका छन् । विसं २०६३ मा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल करीब १५० गरीब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागिसमेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending