Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नगरभित्रको सबै विद्यालयमा सिसी क्यामेरा जडान

लहान । सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिए । नगर क्षेत्रभित्रका छ वटा माविको सम्पूर्ण विद्यालय प्रांगण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको बरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई चार वटाका दरले क्यामेरा जडान गरिएको छ । नगर क्षेत्रभित्र पर्ने जनता नमूना मावि, गोलबजार आठ चोहर्वा, जनता (प्रविधिक) मावि गोलबजार चार, जनता मावि, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार तीन, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख देवनाथ साहले बताए । विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने प्रमुख साहको कथन छ । क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending