Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि...

भारत । दुईजना \'झोलाछाप डाक्टर\'ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड राज्यस्थित चतरा जिल्लास्थित झटखोरीमा दुई \'झोलाछाप डाक्टर\'ले एक नवजात शिशुको लिङ्ग काटिदिएका छन् । जसले गर्दा नवजात शिशुको ज्यानै गएको छ । आरोपी ती \'कथित डाक्टर\'हरुले आफ्नो झुठ लुकाउनका लागि नवजात शिशुको लिङ्ग नै काटिदिएका हुन् । बलिया गाउँको गुड्डी देवीको पेटमा आठ महिनाको गर्भ थियो । २४ अप्रिलमा उनलाई पीडा भएपछि परिवारजनले नजिकको ओम क्लिनिकमा लगे । यहाँ क्लिनिक सञ्चालक अरुण र अनुजले पेटको अल्ट्रासाउन्ड गरेर गर्भमा बालिका रहेको बताए । तर जब गुड्डीले छोरालाई जन्म दिइन् तब उनीहरुले आफ्नो क्रुर व्यवहार देखाउँदै शिशुको लिङ्ग नै काटिदिए। अत्यधिक रक्तश्राव भएपछि शिशुको ज्यान गयो । परिवारजनलाई प्रलोभनमा पारे लिङ्ग काटिँदा शिशुको ज्यान गएपछि शवलाई झाडीमा फ्याकियो । तर डाक्टरहरुले परिवारजनलाई अपाङ्गता भएकी बालिका जन्मिएपछि मृत्यु भएको भनेर ढाँटेका थिए। पीडित परिवारका सदस्यले विश्वास गरेनन् । जब उनीहरु शिशुको शव फालिएको स्थानमा गएर हेरे, तब छाँगाबाट खसे जस्तै भए । झाडीमा लिङ्ग काटिएको शिशुको शव अलपत्र थियो । त्यसपछि उनीहरुले हङ्गामा शुरु गरे । यस्तोमा झोलाछाप डाक्टरहरुले एक लाख रुपैयाँ दिएर मामिला ढाकछोप गर्ने कोशिशमा जुटे तर परिवारजन तयार भएनन् । हत्याको मामिला दर्ता, आरोपी फरार पीडित परिवारले मंगलवार राति पुलिसलाई घटनाको सूचना दिए । जसमाथि कारबाही थाल्दै प्रहरीको टोली बुधबार बिहानै क्लिनिकमा पुग्यो तर त्यो बेलासम्म दुवैजना फरार भइसकेका थिए । पुलिसले नर्सिङ्ग होमलाई सिल गरिदिएको छ । अनुज कुमार र अरुण कुमारविरुद्ध हत्याको मामिला दर्ता गरेर जाँच थालिएको छ । प्रदेशका स्वास्थ्य मन्त्री रामचन्द्र चन्द्रवंशीले सिभिल सर्जनलाई जाँचको रिपोर्ट दिन निर्दशन दिएका छन् । दुवै आरोपी बिहारको बाराचट्टी गाउँका बासिन्दा हुन् । अवैध क्लिनिक झटखोरी अस्पतालका चिकित्सा प्रभारी डा. डीएन ठाकुरले १३ अप्रिलमा अवैध रूपमा चलिरहेका कयौँ क्लिनिकमा छापा मारेर कारबाही चलाएका थिए । यस क्रममा उनी ओम क्लिनिक पनि पुगे । अपरेशन रूम समेत अन्य सुविधा र उपकरणको पनि जाँच गरे । यस क्रममा क्लिनिक सञ्चालक अनुज कुमार पनि त्यहीँ थिए । जो सँग ठाकुरले तीन दिनभित्र आवश्यक कागजात ल्याउन भने । आरोपीले कागजात उपलब्ध नगराई क्लिनिक चलाइरहे । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending